तृणमूल छोड़ेर भाजपामा सामेल भएकाहरूलाई दलीय सम्वर्द्धना

b7d4e402-e610-46cd-9fdc-46ed96a9bf3b

कालचिनी – गत केही दिन अघि तृणमूल छोड़ेर भाजपामा सामेल भएका भाटपाड़ा चियाबारीको पूर्व गोजमुमो नेता तथा तृणमूलमा सामेल भएर काम गरिरहेको अशोक लामा र तृणमूल ट्रेड यूनियनका नेता सञ्जय लामा सहित समर्थकहरूलाई आज भाजपा 8 नम्बर मण्डलको कालचिनी कार्यालयमा स्वागत तथा सम्वर्द्धना प्रदान गरिएको भाजपा ८ नम्बर मण्डल सभापति उत्तम लामाले जनाएका छन्।

आज सो अवसरमा कालचिनी विधायक विशाल लामा लगायत भाजपा कालचिनी विधानसभा कन्भेनर आलोक मित्र, एसटी मोर्चाका धर्मपाल केरकेट्टा, महिला मोर्चा नेतृ कविता केरकेट्टा, युवा मोर्चा राज राई लगायत भाजपाका नेता औ समर्थकहरूको उपस्थिति रहेको थियो भने भाजपालाई बलियो पार्दै लैजान संगठन विस्तारमा भाजपा ८ नम्बर मण्डल कमिटीको सक्रिय कार्यकर्ताहरू लागिपरेको र तृणमूलको दुर्नीतिबाट सबै जनता सचेत भएर अहिले भाजपामा सामेल हुने क्रम चलिरहेको भाजपा नेताहरूले जनाएका छन।

About Author

Advertisement