सामाजिक संजालमा नानीलाई गनेउला खुवाएको भीडियो भाइरल गर्ने मूल आरोपी पक्राउ

IMG_20221118_161523.png

राजगञ्ज: फेसबुकमा एकजना व्यक्तिले एउटा नानीलाई गनेउला खुवाएको भीडियो बनाएर पोस्ट गरेको थियो। यसैको आरोपमा पुलिसले एउटा युवकलाई यस विषयमा पक्राउ गरेको छ।सो आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गर्यो। यस विषयमा पक्रा परेका युवक सीटन राय (१८)भनी चिन्हित गरिएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार आदर्शपल्ली इलाकाको वेल्कीपाड़ा निवासी सुभाष बर्मनको ९ वर्षको छोरा आलोक बर्मन आफ्ना साथीहरूसित खेलिरहेको समय सीटन राय नाम गरेको स्थानीय युवकले आलोकलाई डर देखाएर जबरजस्ती गनेउला खुवाएको बताइएको छ। आलोकको आमा पारुल बर्मनले बताए अनुसार तिनको छोरा आलोक गत सोमबार दिउँसो आदर्शपल्लीमा साथीहरूसित खेल्न गएको समय सीटन रायले पाँच रुपियाँको लोभ देखाएर छोरालाई गनेउला खान लगाए। यसपछि आलोकले गनेउला खान मनाही गर्दा उक्त युवकले डर देखाएर जबरजस्ती आलोकलाई गनेउला खुवायो। नानीले डरले गर्दा यसबारे घरमा कसैलाई केही भनेन। पछि छिमेकीको मोबाइलमा फेसबुकमार्फत् घटनाबारे थाहा पाए। तबदेखि आलोक बिरामी छ। गत बुधवार लोग्ने घरमा आएपछि आफूले घटनाबारे विस्तृत रूपमा जानकारी गराएपछि भोलिपल्ट नै आमबारी पुलिस आउटपोस्टमा गएर उक्त युवकविरुद्ध लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा पुलिसले आरोपी युवकलाई पक्राउ गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *