सिन्कोना श्रमिकहरूको धरना स्थगित

19-13-06-mg.jpg

मङपु। आजदेखि सिन्कोना श्रमिकहरूको डी ग्रूपमा पदोन्नति गरिनु पर्ने मागमा सिन्कोना बगानका श्रमिकहरूद्वारा गत केही दिन अघिदेखि मङपुमा लगातार जारी धरना तथा प्रदर्शन आन्दोलनलाई जीटीए चुनाउको अधिसूचना जारी भएकोले गर्दा चुनाउ आचार संहितालाई ध्यानमा राख्दै स्थगित गरिएको छ। यसबारे आज टीएमसी ट्रेड यूनियनका नेता मुनाल घिसिङले पत्रकारहरूलाई जानकारी दिएका छन्। चुनाउ आचारसंहिताको मियाद समाप्त भएपछि पुनः सिन्कोना श्रमिकहरूको आन्दोलन जारी रहने कुरा तिनले बताएका छन्।

About Author

Advertisement