कालचिनी – सोमबार कालचिनी खण्डको उत्तर मेन्दाबारी बस्तीमा दुईवटा भालू पसेर आतङ्क मच्चिएको थियो भने भालूले गाउँलेको एउटा सुङ्गुर पनि मारेको थियो। भालूको खोजी बन विभागले चलाईरहेको क्रममा आज अपरान्ह समय बन विभागको एनिमल रेस्क्यू टोलीले अन्ततः उक्त दुईवटा भालूलाई उत्तर मेन्दाबारीको एकजना गाउँले सुपाड़ी र निम्बू बगैचाबाट कुनै मुश्किलले उद्धार गर्न सफल भएको छ।

बन विभागले यसबारेमा कुनै मन्तव्य घटनास्थलमा गर्न नचाहेता पनि प्रत्यक्षदर्शी गाउँलेले समातिएको दुईवटा भालू एउटा माउ र अर्को यसको सबएडल्ट बच्चा रहेको र माउलाई बनकर्मीहरुले ट्र्यान्कुलाइज गरेर मात्र समाउन सफल भएको र बच्चालाई जालोमा फसाएर उद्धार गरेको थियो।

भालू उद्धार गरेर लगेता पनि पुनः यी भालूहरु पुनः गाउँमा फर्केर आउने आशङ्का गरेका छन् गाउँलेहरूले।