ल्हाबाब दुईछेनको अवसरमा बहुसुत्र पाठ

1a72c7c8-e86d-4d36-a236-3e02f25f7c59


कालचिनी – बौद्ध धर्मावलम्बीहरूको पवित्र ल्हाबाब दुईछेनको अवसरमा दुई दिवसीय बहुसुत्र पाठसितै विश्वशान्तिको कामना गर्दै होम यज्ञ पनि आज मेचपाड़ा स्थित तमु गुरुङ संघको बौद्ध गुम्बा परिसरमा सम्पन्न भयो। सो अवसरमा तमु गुरुङ बौद्ध संघको केन्दिय सदस्यहरु सञ्जीव गुरुङ, मिलन गुरुङ, मदन गुरुङ, राजकुमार गुरुङ लगायत मेचपाड़ा ८ नम्बर स्थित पेमा छ्योई फेलिङ गुम्बा लगायत अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको पदाधिकारीहरुको मुख्य उपस्थिति रहेको थियो।
ल्हाबाब दुईछेन बौद्ध मार्गीहरुको एउटा पवित्र दिन परेकोले यसको अवसरमा मेचपाड़ा ८ नम्बर गाउँमा नवनिर्मित तमु गुरुङ बौद्ध गुम्बा मेचपाड़ा बुद्ध मन्दिरको परिसरमा पूजा सम्पन्न भएको तमु गुरुङ बौद्ध संघको धर्मगुरु लामा उमेश गुरुङ र लामागुरु सांगे योन्तेनले जनाएका छन्।


आज कार्यक्रम समापनको अवसरमा अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको प्रतिनिधिहरु लगायत धेरै संख्यामा उपाशक उपाशिकाहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा आएका सबै उपाशक उपाशिकाहरुलाई प्रायः १२० बर्ष उमेर पुगेका लामा लोबेन मानबोध मोक्तानको बाहुलीबाट वाङ वितरण गरिएको थियो।

About Author

Advertisement