बस र टोटो ठोक्किँदा चारजना घाइते

IMG_20221115_182813.jpg

सिलगढी: टोटो र बस ठोक्किँदा चारजना घाइते भएका छन्। सिलगढी जलपाईगुडी राष्ट्रिय राजमार्गमा रहेको मिनी सचिवालय उत्तरकन्यासँग जोडिएको फूलबारीको चुनाभटी क्षेत्रमा भएको घटनापछि मानिसमा चरम त्रास फैलिएको छ।जानकारीका अनुसार सिलगढीबाट यात्रु बोकेको टोटो जलपाईगुडीतर्फ गइरहेको थियो। त्यसपछि सोही दिशाबाट आएको तीव्र गतिको बसले पछाडिबाट टोटोलाई ठक्कर दिएको थियो। ठक्करबाट टोटो चालकसहित चारजना गम्भीर घाइते भएका छन्। उनलाई तत्कालै फुलबारीस्थित निजी अस्पतालमा लगिएको थियो। नयाँ जलपाईगुडी थानाको पुलिस घटनास्थलमा पुगेर सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *