दीक्षान्त सप्ताहको दोस्रो दिन अर्गनाइजरका सम्पादकद्वारा व्याख्यान

00-20221115032219_IMG_0652

गान्तोक: सिक्किम विश्वविद्यालयको दीक्षान्त सप्ताह २०२२ को दोस्रो दिन राष्ट्रिय प्रतिष्ठाका पत्रिका अर्गनाइजरका सम्पादक प्रफुल्ल केतकरको व्याख्यानका साथ सम्पन्न भयो। यस अवसरमा राज्यका स्वास्थ्य एवं परिवार कल्याण तथा सूचना प्रविधि मन्त्री डा. मणिकुमार शर्मा मुख्य अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको शुरुवातमा आयोजक समितिकी समन्वयक प्रो. वीणु पन्तले सबै अतिथिगण अनि दर्शकलाई न्यानो स्वागत जनाइन्।

‘सुराजको यात्राका लागि स्वराजको विचारधाराको पुनरावलोकन’ विषयमाथि व्याख्यान पेश गर्दै पत्रकार केतकरले भारतको विचारधाराले समय-समयमा कठिन चुनौतीको सामना गर्दै आएको र भारतले आज सामना गरिरहेको समस्यालाई स्वतन्त्रता सङ्ग्रामको समय विकसित स्वराजको भावनालाई नबुझेसम्म समाधान गर्न नसकिने बताए। शैक्षणिक विमर्शमा पनि राष्ट्रको विचारधाराले निरन्तर चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै यसलाई संवेदनशीलताका साथै बढी सूक्ष्म दृष्टिले सम्बोधित गर्नुपर्ने उनले बताए। यसै गरी युरोपको साम्राज्यवादी परिकल्पनाको सत्य उजागर गर्न पुरालेखहरूमाथिको अध्ययनका साथ वास्तविक अनुसन्धान कार्य प्रोत्साहित गर्न आवश्यक रहेको पनि उनले बताए। व्याख्यान सत्रको अध्यक्षता विश्वविद्यालयका उपकूलपति प्रो. अविनाश खरेले गरेका थिए भने कार्यक्रममा सङ्काय सदस्य, कर्मचारी अनि विद्यार्थीहरूका साथमा समाजका प्रतिष्ठित व्यक्तित्त्वहरू पनि उपस्थित रहेका थिए। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement