ल्हाबाब दुछेनको सिक्किमवासीहरूलाई मुख्यमन्त्रीको बधाई एवं शुभकामना

IMG_20220708_234950.jpg

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यवासीहरूलाई ल्हाबाब दुछेनको शुभ अवसरमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले आज जारी आफ्नो सन्देशमा ल्हाबाब दुछेन चार महत्वपूर्ण बौद्ध चाडहरू मध्ये एक रहेको बताएका छन् जसले भगवान बुद्धको जीवनका चार घटनाहरू मनाउॅंछ। उनले यस सम्मानितमा हामी भगवान बुद्धका पवित्र शिक्षाहरूमा विचार गर्छौं र मध्य मार्ग अनुसरण गर्ने महत्त्वलाई सुदृढ गर्दछौं भनी बताएका छन्।

यस शुभ अवसरमा मुख्यमन्त्रीले सिक्किम र सिक्किमेहरूको कल्याणका लागि साक्यमुनिको आशीर्वाद सदैव रहिरहुन् भनी कामना पनि गरेका छन्। उनले भगवान बुद्धको आशीर्वादले मानवजातिको कल्याणका लागि हाम्रा सत्कर्महरूको प्रभाव विस्तारित बनेर जाउन् भनी प्रार्थना पनि गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *