गान्तोकमा पालन गरियो राज्यस्तरीय बाल दिवस

IMG-20221114-WA0442.jpg

राज्य सरकारले शिक्षालाई प्राथमिकता दिएर काम गरिरहेको छः मुख्यमन्त्री तामाङ

गान्तोक: शिक्षा विभागको तत्वावधानमा आज राजधानीस्थित चिन्तन भवनमा राज्यस्तरीय बाल दिवस पालन गरियो। यस कार्यक्रममा मुख्य अतिथिको रुपमा मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित थिए भने विशिष्ठ अतिथिकोरुपमा सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेती, शिक्षामन्त्री कुङ्गा नीमा लेप्चा, नागरिक उड्डयन मन्त्री बीएस पन्त, कृषिमन्त्री लोकनाथ नेपाल, वन विभागीय मन्त्री कर्मा लोडे भुटिया लगायत अन्यको विशेष उपुस्थिति रहेको थियो। कार्यक्रममा सीबीएससीको परीक्षामा उत्कृष्क अंक लिएर उतिर्ण हुने विद्यार्थीहरूलाई मुख्यमन्त्रीले सम्बर्द्धना जनाए। यसको साथै राज्य सरकारको विभिन्न विभागमा इन्टर्नशीपमा चयनीत १२ जना इन्टर्नहरूलाई मुख्यमन्त्रीको बाहुलीबाट टोकन वितरण गरियो, यसको साथै स्वास्थ्य एवं परिवार कल्याण विभाग अनि डेसमीको संयुक्त पहलमा नानीहरूको निम्ति आधार परिचय पत्रको पनि शुभारम्भ गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले कोविड महामारीमाझ पनि सिक्किम क्रान्तिकारी मोर्चाको सरकारले शिक्षाको क्षेत्रमा विभिन्न कार्य गरिरहेको बताए। सरकारले राज्यको शिक्षा व्यवस्थालाई सुदृढ़ गर्नको निम्ति विभिन्न नीतिहरू तयार गरेको जानकारी गराउँदै यो अभियानमा अभिभावकहरूले पनि सहयोग पुऱ्याउनुपर्ने मुख्यमन्त्रीले आग्रह गरे। शिक्षकहहरूसँग पाठशालामा विद्यार्थीहरू केवल एक दुई घण्टा मात्र रहने अन्य समय अभिभावकहरूसँगनै रहने बताउँदै उक्त समयमा नानीहरूलाई अभिभावकहरूले राम्रो संस्कार अनि अनुशासन सिकाउनुपर्ने उनले सुझाउ दिए। नीजि शैक्षिक संस्थान अनि सरकारी शैक्षिक संस्थानमा पढ़्ने विद्यार्थीहरूमाझ कुनै पनि प्रकारको पार्थक्य नरहेको बताउँदै सरकारी शैक्षिक संस्थानमा अध्ययन गर्ने विद्यार्थीहरूलाई आफूभित्र भएको हिनताबोध मनबाट हटाउनुपर्ने आग्रह गरे।

राज्यका विद्यार्थीहरूले राज्यभित्रनै उच्चकोटीको शिक्षा आर्जन गर्नसकुन् भन्ने उद्देश्यले वर्तमान सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा विश्वविद्यालयको स्थापना गर्ने पहल शुरू गरेको उनले थप बताए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार बनिन्दा राज्यको प्रायः पाठशालाहरूमा प्रधान अध्यापक अनि प्रधान आचार्यहरूको नियुक्ति नरहेको कुरालाई थाहा गर्दै अहिले सबै पाठशालाहरूमा प्रधान अध्यापक अनि प्रधान आचार्यहरूको नियुक्ति गरेर सरकारले राज्यको सबै पाठशालाहरूलाई अभिभावक दिएको बताए। राज्य सरकारको प्रथामिकता नै शिक्षा रहेको हुँदै कोही पनि आर्थिक अवस्थाको कारण उच्च शिक्षा हाँसिल गर्नदेखि बञ्चित छ भने सोझै आफूसमक्ष सम्पर्क गर्ने आग्रह गरे। आजको कार्यक्रमलाई शिक्षा मन्त्री कुङ्गा नीमा लेप्चाले पनि सम्बेधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement