तीन जना विधायकले गरे पाकिमको निरीक्षण

IMG-20221114-WA0444.jpg

गान्तोक: नाम्चेबुङ निर्वाचन क्षेत्रका विधायक एम प्रसाद शर्मा, रिनाकका विधायक विष्णु कुमार खतिवडा र नाथाङ माछोङ निर्वाचन क्षेत्रका विधायकले आज पाकिम बजारको निरीक्षण गरे। निरीक्षणको क्रममा विधयाकगणले पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलसँग बजारको सुन्दरीकरणलाई लिएर अन्तक्रिया गरे। विशेष गरेर पाकिम बजारलाई सुन्दरीकरण गर्नको साथै बढोत्तरी गरिने सरकारको योजनालाई कार्यन्वयन गर्ने उद्देश्यले निरीक्षण गरेका हुन्। पाकिममा नयाँ सामुदायिक भवन, फुटपाथ, लगायत अन्य विकासका कार्यहरू गरिने विषयमाथि जिल्लापालसँग छलफल गरियो। यसरी नै पाकिमदेखि रानीपुलसम्म सडक निर्माण पाकिम पुलिस स्टेसनमा पारम्पारिक गेट, पुलिस क्वाटर निर्माण आदिबारे छलफल गरियो। सोही क्रममा विधायकहरूले स्थानीय जनतासँग पनि पाकिम बजारको सुन्दरीकरण लगायत अन्य विषयमा अन्तक्रिया गर्दै उनीहरूको सुझाउ लिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *