मेयरले युवाहरुलाई चाचा नेहरुका सिद्धान्तमा लाग्न आह्वान
सिलगढी: भारतका प्रथम प्रधानमन्त्री पंडित जवाहरलाल नेहरूको १३४औँ जन्मजयन्तीको अवसरमा सोमबार सिलगढी नगर निगमले सूर्यसेन पार्कमा विशेष कार्यक्रमको आयोजना गरेको थियो। बाल दिवसका रुपमा मनाइने पण्डित जवाहरलाल नेहरूको जन्मजयन्तीको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा मेयर गौतम देव, पार्षद कमल अग्रवाललगायत नगरपालिकाका पदाधिकारी तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। कार्यकर्तालाई सम्बोधन गर्दै मेयर गौतम देवले काका नेहरूका आदर्श र सिद्धान्तको बारेमा प्रकाश पार्दै युवा समाजलाई नेहरू जीले देखाएको बाटोमा अघि बढ्न आह्वान गरे।