गान्तोक: गत १० नोभेम्बरको दिन सम्पन्न भएको पञ्चायत चुनाउको परिणाण अर्थात मतगणना हिजो शान्तिपूर्वक सम्पन्न भयो। यस चुनाउमा विजीय हुने सबै उम्मेदवारहरूलाई राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङलाई हार्दिक बधाई साथै शुभकामना दिएका छन्। वार्ड पञ्चायत र जिल्ला पञ्चायतहरूलाई मुख्यमन्त्रीले पार्टीविहिन चुनाउमा सहभागिता जनाएकोमा आभार प्रकट गरेका छन्। यस चुनाउ प्रक्रियालाई सुचारूपमा सञ्चालन गरेकोमा सम्वन्धित निकायका अधिकारीवर्गको प्रयासलाई उनले सराहना गरेका छन्। जीवन आफैमा एक प्रतियोगिता हो, यसर्थ हार जित हाम्रो दिनचर्या र जीवनको अनिवार्य हिस्सा रहेको मुख्यमन्त्रीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्। तर चुनाउमा सहभागिता जनाउनु नै सबै भन्दा महत्वपूर्ण विषय रहेको उनले बताएका छन्। विजयी उम्मेदवाहरूले आगमी दिनमा जनताको हितमा सेवा पुऱ्याउनु पर्ने मुख्यमन्त्रीले आग्रह गरेका छन्।