कम्युनिटी पुलिसिङ अन्तर्गत निःशुल्क आँखा जाँच शिविर

ad5bf752-c0e6-4781-a564-b313d7ea4d31


कालचिनी – चियाबारी गाउँ बस्तीमा धेरै मानिसहरू नेत्र रोगले पीड़ित रहेको अवस्था र निःशुल्क चिकित्सा उपलब्ध गर्ने उद्देश्यले अलिपुरद्वार जिल्ला पुलिसको तत्परता एवम् कालचिनी थानाको आयोजनामा कम्युनिटी पुलिसिङ अन्तर्गत निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको जानकारी कालचिनी सीआई पार्थ सारथी चन्दा र थाना प्रभारी टीएन लामाले संयुक्त रुपमा जनाएका छन्।


साँझसम्म सो शिविरमा प्रायः २२० जना मानिसहरुले आँखा जाँचको लाभ उठाएको थियो भने यसमध्ये समुकतला थाना अन्तर्गत पर्ने शिविरमा 38 जना मोतियाबिन्द रोगी र आजसम्म ५७ भन्दा अधिक मोतियाबिन्द रोगीहरुलाई एनजेपी रेल अस्पतालमा निःशुल्क अपरेसनमा लगिने पुलिस सुत्रले जनाएका छन्।

आज बिहान प्रायः ११ बजीदेखि शुरु भएको सो शिविरमा अतिथिको रुपमा कालचिनी ब्लक तृणमूल सभापति बिरेन्द्र बारा उराँव लगायत अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो भने पुलिसको आयोजनामा सम्पन्न शिविरले चियाबारी गाउँ बस्तीका गरीब मानिसहरूले निःशुल्क आँखा अपरेसन र चिकित्साको सुविधा पाउनु धेरै प्रशंसनीय कार्य भएको बिरेन्द्र बारा उराँवले बताए। सीआई पार्थ सारथी चन्दा र थाना प्रभारी टीएन लामाले पुरुलियाको लोकेश्वरानन्द आई फाउन्डेशनको सहयोगितामा आज कम्युनिटी पुलिसिङ अन्तर्गत निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको र यसले गाउँ बस्तीका आँखा रोगीहरूलाई बिना पैसा चिकित्साको सुविधा पाउने आशा गरीएको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement