हाम्रो पार्टीमाथि आस्था र भरोसा राख्दै प्रबेश राईले समाए झण्डा

IMG-20221113-WA0208.jpg

दार्जीलिङ: हाम्रो पार्टीमाथि आस्था र भरोसा गर्दै आज फुस्केरिङ निवासी प्रवेश राईले हाम्रो पार्टीलाई समर्थन जनाएको छ। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड आज फुस्केरिङ पान्दाम समष्टिको भ्रमणमा निस्केका थिए। यस अवधि समष्टि सभासद जितेन राई लगायत अन्य केन्द्रीय नेतृत्वहरू पनि साथमा रहेको थियो। यस अवधि प्रवेश राईले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवार्डको स्वच्छ सोचको कदर गर्दै हाम्रो पार्टीले मात्र पहाड अनि गोर्खा समुदायको उत्थान गर्न सक्छ भन्ने विषयमाथि आस्था र भरोसा राख्दै हाम्रो पार्टीमा सामेल भए।प्रवेश राई पहाड र जातिलाई माया गर्ने एक स्वच्छ सोच र विचार भएका राजनैतिक नेता हुन्। उनी विगत दिनमा गोरामुमो पार्टीमा सक्रिय कार्यकर्ताको रूपमा कार्यरत् थिए तर पहाड गोरामुमोको सोच र विचार उनले राम्रोसंग बुझेपछि उनी राजनीतिदेखि टाडो रहेका थिए। आज हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डको फुस्केरिङ पान्दाम समष्टि भ्रमणको अवधि पार्टी अध्यक्षको सोच र विचारलाई राम्रोसँग बुझेपछि पहाड र गोर्खा जातिको निम्ति केही गर्छ भन्ने सोच लिएर हाम्रो पार्टीमा सामेल भएको तिनले जनाए। पार्टी अध्यक्ष अजय एडवार्डले प्रवेश राईलाई तपाई हामी मिलेर पहाड र गोर्खा जातिको हितमा काम गरौ भन्दै पार्टीको झण्डा सुम्पिएका छन्।

About Author

Advertisement