कालेबुङ(रूद्र कार्की): कोलकातामा आयोजित अन्तर्राष्ट्रिय लघु चिया सम्मेलनमा कालेबुङ जिल्लाको चियाले प्रथम स्थान ओगटेको छ। दार्जीलिङ, खरसाङ, मिरिक भन्दा निक्कै कम्ती चियाबारी भएको कालेबुङ जिल्लाले नै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रथम बनेको छ।कालेबुङ जिल्लाका सबै चियाबारीहरू खण्ड ३ गोरुबथान अन्तर्गत पर्दछन्। यसै क्षेत्रबाट कालेबुङ जिल्ला सहित सम्पूर्ण दार्जीलिङ पहाडलाई नै गौरवान्वित तुल्याएको छ गोरुबथानको चियाले। यहाँ उत्पादित चियाले अन्तर्राष्ट्रिय लघु चिया सम्मेलनमा प्रथम स्थान ओगट्न सफल बनेको छ। कलकत्तामा भारतका विभिन्न प्रान्तबाटसहित श्रीलंका, बङ्लादेश, चीन, इंडोनेशिया, नेपालसहित १५० भन्दा धेरै प्रतियोगिहरूले अङ्श ग्रहण गरेका थिए। उक्त समपन्न कार्यक्रममा मुख्य अतिथिको रुपमा डा. शतद्रु चट्टोपाध्याय, प्रबन्ध निर्देशक, सालिडैरिडैड एशिया थिए भने अन्य अतिथिहरुमा नयनतारा पालचौधरी अध्यक्ष भारतीय चिया सङ्घ, ट्रिनिटिया कार्यक्रम समिति अतुल अस्थाना, उपाध्यक्ष तथा अन्यको उपस्थित थियो।
यस कार्यक्रममा कालेबुङ जिल्लाको गोरूबथान खण्ड अन्तर्गत नीमबस्ती तुङ्लाबुङको आदर्श मुना चिया बगानका मालिक खड्ग बहादुर छेत्रीले पनि अङ्श ग्रहण गरेका थिए। उनको वाइट टि(सेतो चिया)-ले उक्त अन्तर्राष्ट्रिय लघु चिया सम्मेलनमा प्रथम स्थान ओगट्न सफल बनेको छ। के. बी. छेत्रीले स्वनिर्भरशिलताको परिचय दिँदै गोरुबथानको तुङ्लाबुङ भन्ने सानो गाउँमा चिया खेती शुरु गरे आफ्नै पूर्खेउली जमीनमा। उनको चियाबारीमा उनले अर्ग्यानिक चिया उत्पादन गर्छन्। यसरी उनले आफ्नो चियाबारीबाट चियापत्ति टिपेर हाते चिया बनाउने गर्छन्। यस प्रतियोगिताको लागि उनले ब्ल्याक टि, बाइट टी, ग्रीन टि तथा ओलङ टी पठाएका थिए। जसमा सबैलाई उछिनेर उनको वाइट टी प्रथम बनेको छ। यस कार्यक्रममा उनलाई मुख्य अतिथि तथा विशिष्ट अतिथिहरूको बाहुलीबाट प्रमाण पत्र, स्मृति चिन्ह आदि प्रदान गरि पुरस्कृत गरियो। उनले आफु यसरी चयन भएकोमा धेरै खुशी लागेको बताउँदै सबैप्रति व्यक्त गरेका छन्।

भीर-पहरामा फुलेको सुगन्धित प्राकृतिक सृजनाहरू जब पारखीको नजरमा पर्छ तब त्यो हीरा बन्दछ। सुन फल्ने पाखाहरू हिजो-आज बञ्जर बन्दैछन्। खेत-बारीका गह्राहरू उजाड बन्दैछन्। तर यस्तै उजाडिएका बञ्जर भूमिमा पनि आशाको किरण बनेर उदाएका छन् गोरूबथान केबी छेत्री । यस अवसरमा केन्द्रिय बाणिज्य मन्त्री पियुष गोयल भर्चुअलमा जोडिएका थिए। मुख्य अतिथिको रुपमा डा.शतद्रु च्याटर्जी प्रबन्धन निर्देशक, सलिडैरिडैड एशिया उपस्थित थिए। विभिन्न क्याटोगरीको प्रतियोगितामा तिनको ‘वाइट टि’ले पहिलो पुरस्कार प्राप्त गर्यो भने निलगिरी दोस्रो अनि आसम तेस्रो बन्यो। विश्व बजारमा अहिले लघु उद्योगद्वारा निर्मित चियाको माग धेरै छ। ठूलो उद्योगहरूले गुणवत्ता दिन नसकेको कारण वर्तमानमा विश्व बजारमा लघु उद्योगको ५२ प्रतिशत अनि भारी उद्योगको ४८ प्रतिशत चिया खपत रहेको तथ्य अघि आइरहेको छ। जे नै भए पनि दार्जीलिङ पहाडले चियाको आफ्नो पुरानो गरिमालाई यथावत राख्न फेरि एकपल्ट सफल बनेको छ। जसको निम्ति खड्क बहादुर छेत्रीको परिश्रमलाई नमन गर्नै पर्छ।