सिलगढी: राज्यमन्त्री तथा तृणमूल विधायक अखिल गिरीले देशका राष्टपति द्रौपदी मुर्मुबारे अपमानजनक टिप्पणी गरेका विरुद्ध अभियोग उठेको छ। यसैको प्रतिवाद जनाउँदै भाजपा द्वारा राज्यभरिमै विरोध गरिरहेको छ। आज सिलगढीको हासमी चौकमा भाजपाको तर्फबाट धरना प्रदर्शन गरियो। यस अवधि भाजपाका नेता तथा कार्यकर्ताहरूले राज्यका मन्त्रीको टिप्पणीको विरोध जनाउँदै पदत्याग गर्ने माग गरेका छन्। सिलगढी भाजपा सांगठनिक जिल्ला सभापति आनन्दमय बर्मनले भने, आफूहरूद्वारा उक्त घटनाको तीव्र निन्दा गर्दछौं। तृणमूल विधायकले चाँडै पदत्याग गर्नुपर्ने तिनले माग गरे। मुख्यमन्त्रीले अखिल गिरीलाई मन्त्रीसभाबाट बर्खास्त गर्नुपर्ने आफूहरूको माग रहेको तिनले बताए।