तोर्षा नदीमा डुबेर निखोज भएकी किशोरीहरुको विशेष टोलीद्वारा खोजी जारी

IMG_20221112_173828.jpg

कूचबिहार: तोर्षा नदीमा डुबेर निखोज भएकी दुइजना किशोरीको ५ दिन बितिसक्दा पनि कुनै पत्तो लागेको छैन। दुई किशोरीको खोजीको लागि आज प्रशासनको तर्फबाट विशेष टोली पठाइएको छ। गत ७ नोभेम्बरमा कुचबिहारको पुन्डीबारी थाना अन्तर्गत टाकागछ कारिशाल इलाकाको तोर्षा नदीमा नुहाउन गएकी दुइजना किशोरी सोनाली दास (१२ ) र ऋत्विका राय (१३) नदीमा डुबेर निखोजी भएकी थिइन्। घटनाको दिनदेखि नै निखोज दुई किशोरीको लगातार खोजी अभियान चलाए तापनि कुनै पत्तो नलागेपछि हिजो परिवारका सदस्यहरू लगायत गाउँलेहरूले जिल्ला शासकलाई सहयोगको गुहार लगाएका छन्। यसैले प्रशासनको तर्फबाट आज बिहानैदेखि विशेष टोलीलाई नदीमा उतारेर ती दुई किशोरीको खोजी गरिरहेको बताइएको छ। तथापि, हालसम्म तिनीहरूको कुनै पत्तो लागेको छैन।

About Author

Advertisement