फीफा वर्ल्ड कपको निम्ति विशेष करेन्सी नोट जारी गऱ्यो कतरले

IMG-20221112-WA0062.jpg

१२ नोभेम्बरः कतर सेण्ट्रल ब्यांक (क्यूसीबी)-ले फीफा अनि सुप्रीम कमेटी फर प्रोजेक्ट्स एण्ड लिगेसी-को साथमा २२ कतरी रियाल स्मारक नोट अनि फीफा र वर्ल्ड कपको लोगो भएको सिक्का लञ्च गऱ्यो। कतर सेण्ट्रल ब्यांकका राज्यपाल शेख मोहम्मद बिन सऊद अल-थानीकको साथमा फीफा अध्यक्ष गियानी इन्फेण्टिनो पनि यस अवसरमा उपस्थित थिए।
यस करेन्सीको विशेषता-

  • वर्ल्ड कप ट्रफी र कतर २०२२ लोगो भएको मुद्रामा एक तर्फ लुसेल स्टेडियमको तस्वीर छ भने अर्को तर्फ अल बेयट स्टेडियमको तस्वीर रहेको छ।
    -नोटको पृष्ठभूमिमा कतरको राष्ट्रिय प्रतीक, क्षितिज र जुबारा किल्ला पनि देखिएको छ।
    -नयाँ मुद्राले कतरमा फूटबलको इतिहासलाई दर्शाउँछ। यसलाई विदेशबाट आउने प्रशंसकहरूले पनि सजिलै किन्न सक्नेछन्।
    -नोटमा पहिलोपल्ट पलिमरको प्रयोग गरिएको छ। क्यूसीबी-ले वित्तीय लेनदेनको सुविधा बनाएको छ।
    -२२ रियाल मूल्यको नोट खरीद गर्न ७५ रियाल दिनु पर्नेछ। यस अवसरमा कतर सेण्ट्रल ब्यांकका राज्यपाल शेख मोहम्मद बिन सऊद अल-थानीकले भने, फीफा २०२२-को निम्ति स्मारक ब्यांक नोट जारी गर्नु ऐतिहासिक आयोजनको सफलताको निम्ति ब्यांकिंग क्षेत्रबाट एउटा मौलिक योगदानको प्रतिनिधित्व गर्दछ, जुन मध्य पूर्व र अरब क्षेत्रमा आफ्नो तर्फबाट पहिलो प्रयास हो। यो गर्वको एउटा श्रोत हो। फीफा वर्ल्ड कपको आयोजन गर्ने देशको ब्यांकले विशेष करेन्सी जारी गर्न चलन पहिलादेखि नै रहेको छ। साल २०१८-को वर्ल्ड कपको समय आयोजक रुसको सेण्ट्रल ब्यांकले १०० रुबलको नोट जारी गरेको थियो। यी नोटहरूमा देशको संस्कृति, ऐतिहासिक धरोहर र उपलब्धिहरूका झलक रहेको थियो। यसरी नै २०१४ वर्ल्ड कपको आयोजन गर्ने ब्राजीलको सेण्ट्रल ब्यांकले पनि सुन र चाँदीको सिक्का जारी गरेको थियो। सुनको २०० यूरो मूल्य भएको ५०० वटा सिक्का बनाइएको थइयो। यसरी नै १० यूरो मूल्य भएको चाँदीको १० हजार सिक्का बनाइएको थियो।
Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *