१२ नोभेम्बरः पोल्याण्डका कप्तान रोबर्ट लेवाण्डोस्कीले कतरमा हुने फीफा वर्ल्ड कपमा आफ्नो टीमलाई सफलताको गोरेटोमा अघि बढ़ाउने जिम्मेवारी सम्हाल्नेछन्। मुख्य प्रशिक्षक जेस्ल मिशनिविस्जले वर्ल्ड कपको निम्ति २६ सदस्यीय टीमको घोषणा गरे। टुर्नामेण्टमा ३४ वर्षीय लेवाण्डोस्कीले टीमको कप्तानी गर्नेछन्। बार्सिलोनाका यस स्ट्राईकरले पोल्याण्डको निम्ति १३४ वटा म्याचमा ७६ गोल गरिसकेका छन्। अब उनले वर्ल्ड कपमा आफ्नो पहिलो गोल दर्ता गर्ने प्रयास गर्नेछन्। रुसमा भएको २०१८-को वर्ल्ड कपमा लेवाण्डोस्कीले गोल गर्न सकेका थिएनन्। यसैकारण पोल्याण्डको टीम ग्रुप चरणमै बाहिर भएको थियो। यसपाली पोल्याण्डले ग्रुप सी-मा आफ्नो अभियानको शुरुवात २२ नोभेम्बरमा मेक्सिको विरुद्ध गर्नेछ। त्यसको चार दिनपछि सऊदी अरब विरुद्ध म्याच रहेको छ। टीमले आफ्नो तेस्रो म्याच ३० नोभेम्बरमा अर्जेण्टिना विरुद्ध खेल्नेछ।
फीफा वर्ल्ड कपको निम्ति पोल्याण्डको टीमः
गोलकीपरः बार्टलोमिएज ड्रगोवस्की, लुकास्ज स्कोरुपस्की, वोजसिएच शेजजेस्नी।
डिफेण्डरः जान बेडनारेक, बार्तोस्ज बेरेसजिन्स्की, मेटी क्याश, कामिल ग्लिक, रोबर्ट गमनी, आर्टर जडरजेसजिक, जाकु किवियोर, माटेयूस्ज विटेस्का, निकोला जालेवस्की।
मीडफिल्डरः क्रिस्टियन बिलिक, पर्जेमिस्ला फ्रांकोवस्की, कामिल ग्रोसिकी, जाकुब कामिनिस्की, ग्रजेगोर्ज क्रिचोवियाक, मिकाल स्कोरास, डेमियन सिजिमानस्की, सेबेस्टियम सिजिमानस्की, पियोट्र जिलिन्स्की, सिजिमोन जुर्कोवस्की।
फरवर्डः रोबर्ड लेवाण्डोस्की, आर्काजियूस्ज मिलिक, किर्जिस्जतोफ पियाटेक, कारोल स्विडर्स्की।










