मिरिक युथ क्लब विजयी

IMG_20221110_174909.jpg

१० नोभेम्बरः युनाइटेड मञ्जु फूटबल क्लबको तत्त्वावधानमा आयोजित मणि खवास स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा बिहीवार खेलिएको दोस्रो म्याचमा मिरिक युथ क्लबले जीत हासिल गऱ्यो। मञ्जु खेल मैदानमा भएको म्याचमा मिरिक युथ क्लबले एनपीपीसी सिंगबुलीलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट राम गोलेले २ गोल गरे। यसरी नै एनपीपीसी-बाट आदर्शले १ गोल गरे। अब १२ नोभेम्बरको दिन पहिलो दुईवटा प्री-क्वार्टर फाइनल म्याच खेलिनेछ। पहिलो म्याचमा सौरेनी स्पोर्टिंग क्लब र भोला स्पोर्टिंगबीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच मिरिक भिक्ट्री र बुङकुलुंग एफसी-बीच खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टको दुईवटा सेमिफाइनल ११ र १८ दिसम्बरमा खेलिनेछ। फाइनलको तारिख चाहिँ आयोजक समितिले घोषणा गरेको छैन। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement