एसजेडीए चेयरम्यान सौरव चक्रवर्ती डेङ्गु रोकथाम हेतु जागरुक गराउँदै रेगुलेटेड मार्केट पुगे

22-40-09-Capture4-3.png

सिलगढी: सिलगढीमा डेङगूको प्रकोप बडदो छ। यहाँका सर्वसाधारणलाई डेङ्गुबाट बचाउनका लागि तिनीहरूलाई जागरूक गर्न एसजेडीए चेयरम्यान सौरव चक्रवर्तीले नयाँ पहल सुरू गरेका छन्। सौरव चक्रवर्ती स्वयम् जागरूक गर्नका लागि मानिसहरूसित भेट गरिरहेका छन्। यसै क्रममा आज एसजेडीए चेयरम्यान सौरव चक्रवर्ती काँचो मालको मन्डी रेगुलेटेड मार्केट चम्पासरीमा पुगेका थिए। त्यहाँ तिनले मन्डीका मालिक तथा मजदूरहरूसित डेङगू रोकथाम बारे कुराकानी गरे। यसको साथै डेङ्गूबाट बाँच्नका लागि मानिसहरूलाई जागरूक पनि गराए। यसभन्दा अघि पनि चेयरम्यान सौरव चक्रवर्तीले विधान मार्केटमा पुगेर व्यवसायी तथा अन्य मानिसहरूलाई पनि डोङ्गबारे जागरूक गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement