कोविड़ सिक्किम: कोरोनाको २ नयाँ मामिला, १ जना कोरोनामुक्त

IMG_20210910_192109-1-1.jpg

गान्तोक: राज्यमा आज कोरोनाकाे २ नायाँ मामिला अघि आएकाे र १ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। आज याे राेगले कसैको मृत्यु न भएकाे विभागले जानकारी गराएको छ।

स्वास्थ्य विभागले जानकारी गराए अनुसार, हिजो राज्यभरि १४६ जनाको नमूना जाँच गरेकाेमा गान्तोक जिल्लाबाट १, गेजिङ जिल्लाबाट १, नाम्ची जिल्लाबाट ०, मंगन जिल्लाबाट ०, सोरेङ जिल्लाबाट ० र पाकिम जिल्लाबाट ० गरि कुल २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा उपचारधीन रहेका कोरोना रोगीहरूको संख्या ८ रहेको छ। राज्यमा आज कोरोना सकारात्मकता दर १.३६ प्रतिशत दर्ता भएको छ। 

अहिलेसम्म राज्यमा ४३,०११ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ४४,३०२ जना कोरोना संक्रमित बनिसकेका छन्। राज्यमा अहिलेसम्म कोरोनाले ४९९ जना संक्रमितको मृत्यु भइसकेको छ। 

About Author

Advertisement