कालचिनी। श्रीमानको थप्पड लागेर एक महिलाको मृत्यु भएको छ। गएराति कालचिनी गोरेलाइन क्षेत्रका सुरज लामा र उनकी श्रीमती कल्पना लामाबीच विवाद भएको थियो। त्यसपछि सुरजले श्रीमतीको गालामा थप्पड हाने। बुधबार बिहान सुतेकै अवस्थामा कल्पना लामाको अचानक निधन भएको हो। घटनामा संलग्न पतिलाई कालचिनी प्रहरी चौकीले पक्राउ गरेको छ।