९ नोभेम्बरः अष्ट्रेलियामा जारी आईसीसी टी२० वर्ल्ड कपका सर्वश्रेष्ठ ब्याटरहरूमा एक सूर्यकुमार यादवले ३६० डिग्री ब्याटरको रूपमा एबी डीभिलियर्ससँग आफ्नो तुलनालाई अपरिपक्व बताएका थिए तर दक्षिण अफ्रिकी ब्याटरले यसलाई उचित बताएका छन्। क्रिकेट मैदानको हरेक कुनामा शट् खेल्ने क्षमताले गर्दा डीभिलियर्सलाई मिस्टर ३६० डिग्री-को खिताब दिइएको छ। सूर्यकुमारले टी२० वर्ल्ड कपको पाँचवटा म्याचमा २२५ रन बनाएका छन्, जसमा तीनवटा अर्द्धशतक सामेल छ। यस अवधि उनको स्ट्राईक रेट १९३.९७-को रह्यो। मैदानको हरेक कुनामा शटे खेल्ने उनको क्षमताले विशेषज्ञ अनि प्रशंसकहरूलाई पनि चकित बनाएको छ।
भारतका यस ३२ वर्षीय खेलाड़ीले मुश्किल परिस्थितिहरूमा पनि इच्छा अनुसार शट्हरू खेलेर रन बटुलेका छन्। सूर्यकुमारले दक्षिण अफ्रिका विरुद्ध पर्थमा पनि यस्तै ईनिंग्स खेलेका थिए। डीभिलियर्ससँग आफ्नो तुलनालाई खारेज गर्दै सूर्यकुमारले क्रिकेटमा केवल एकजना खेलाड़ी मिस्टर ३६० डिग्री रहेको बताएका थिए तर दक्षिण अफ्रिकाका पूर्व कप्तान चाहिँ यस्तो मान्दैनन्। डीभिलियर्सले भने, सूर्यकुमारलाई देखेर म खुशी छु। मेरो विचारमा उनले लामो यात्रा तय गरिसकेका छन्। उनले यति राम्रो खेल्ने मैले आशा गरेको थिइनँ। शुरुवातमा सतर्कताको साथ खेलेपछि उनले बलरहरूमाथि दबाउ सृष्टि गर्छन्। उनले शट् खेलेको हेर्नु राम्रो लाग्छ। उनको भविष्य उज्ज्वल छ।
क्रिकेट जगतमा सूर्यकुमारसँग भइरहेको तुलनाबारे डीभिलियर्सले भने, सही हो। उनी म जस्तै खेल्छन्। उनले केवल आफ्नो प्रदर्शनमा निरन्तरतामाथि ध्यान दिनु पर्नेछ। उनले आउँदो ५-१० सालसम्म यस्तै गर्नु पर्नेछ। समयको साथ उनको खेलमा अझ निखार आउनेछ। दक्षिण अफ्रिकाका यस ३८ वर्षीय पूर्व क्रिकेटरले आईसीसी टी२० वर्ल्ड कपमा चारवटा सर्वश्रेष्ठ टीम सेमिफाइनलमा पुगेको स्वीकार गरे पनि अन्तिम चारको फसेलाको निम्ति अझ धेर म्याच खेलिने आवश्यकता थियो भनी बताए। उनले भने, मेरो विचारमा विश्वका चार शीर्ष टीमले सेमिफाइनलमा स्थान बनाएको छ। यसलाई तय गर्न अझ अधिक म्याच खेल्नु पर्ने आवश्यकता थियो भन्ने पनि मेरो सोच रहेको छ।