सांगठनिक भ्रमणमा गोरामुमो अध्यक्ष मन घिसिङ कालेबुङमा

IMG-20221108-WA0399.jpg

कालेबुङ: गोरामुमो अध्यक्ष मन घिसिङले आफ्नो सांङ्ठनिक गतिविधि लिएर कालेबुङ भ्रमण गरेका छन्। यसै क्रममा २५ अनि २६ नम्बर समष्टिमा अध्यक्ष मन घिसिङले आफ्नो सांङ्ठनिक विस्तार साथै वर्तमान पहाडको राजनैतिक गतिविधिलाई लिएर आफ्नो कार्यकर्ताहरुलाई सम्बोधन गरेका थिए। २६ नम्बर समष्टि केन्द्रीय समिति सदस्य मणिकुमार खवासले अध्यक्ष मन घिसिङको सांङ्ठानिक भ्रमणबारे थप जानकारी गराउँदै भने, अध्यक्ष मन घिसिङको सांङ्ठनिक भ्रमणले समष्टिमा कार्यकर्ताहरुमाथि थप उर्जा मिलेको छ। सांङ्ठनिक विस्तार अनि राजनैतिक विषयमाथि अध्यक्ष मन घिसिङले जानकारी गराउँदै भावी रणनीतिमाथि चर्चा परिचर्चा गरेका छन्। २५ र २६ नम्बर समष्टिलाई बलियो बनाउन हेतु हामी लागि पार्नेछौं साथै चाढ़ै नै गोर्खा जातिले न्याय पाउने कुरामा पनि अध्यक्ष मन घिसिङले आफ्नो सम्बोधनको क्रममा राखेको उनले जनाएका छन्।

आजदेखि अध्यक्ष मन घिसिङको कालेबुङ भ्रमणले राजनैतिक दिशा निर्देश मिलेको मणिकुमार खवासले जनाएका छन्। अब सबै एक हुनु पर्ने, जाति र माटोको उन्मुक्ति नजिक रहेको सबै एक भएर अगि बढ़े थप उर्जा मिल्ने मणिकुमार खवासले अपिल समेत गरेका छन्। यसै क्रममा अध्यक्ष मन घिसिङले छ्यासी सालको आन्दोलनमा शहीद हुने परिवारहरुको सदस्यहरुलाई पनि भेटघाट गरेका छन् साथै बर्मेकको शिव धाम अनि सिंह देवी मन्दिरमा पुजा आर्चना गरी आशिर्वाद लिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement