आई फोनको नाममा ठगी

1e744250-7033-4e8d-bfad-8f99e75f4e24

कालचिनी – अनलाइन ठगीहरुबाट वर्तमान कोही पनि सुरक्षित छैनन। गाउँघरदेखि सहर बजारहरू सबैतिर नै कोही न कोही ठगीको शिकार भईरहेको हामी देख्छौँ। यस्तै ठगी हुने क्रममा कालचिनी थाना अन्तर्गत पर्ने चुवापाड़ा चियाबारीको एकजना युवक आई फोनको नाममा ठगीन पुगेको घटना प्रकासमा आएको छ।

फ़ेसबुकमा एउटा विसप १८ नामक कम्पनीले मात्र १८ हजारमा आई फोन १३ प्रो दिइरहेको विज्ञापनलाई हेरेर चुवापाड़ा चियाबारीको निकेश उराँव नामक केटाले अर्डर बुक गरेको थियो भने उक्त सो अनुरुप आई फोन जस्तो देखिने दुरस्तै फोन हात लागे तापनि यसको फीचर्स आई फोनको नभएकोले उक्त युवकले आज साँझ कालचिनी थानामा आएर ठगीएको प्राथमिकी दर्ता गर्दै आफू ठगिए पनि अरु कोही पनि फेसबूकमा दिएको विज्ञापनमा प्रभावित नबनिदिने आह्वान जनाएका छन।

१८ हजारमा आई फोन पाउने कुरा अपत्यारिलो लागे तापनि कतै लटरी लागे जस्तो त हुँदैन भन्ने कुराले नै यो आर्डर विसप १८ मार्फत गरेको तर यो केवल धोका रहेको थाह पाएको ठगीको शिकार युवकले जनाएका छन्।

About Author

Advertisement