कालचिनी –छोरी मान्छे कतै पनि सुरक्षित नभएको कुरा फेरि उदाङ्गो भएको छ। आफन्तको घरमा आएकी एकजना नाबालिका फेरि सामहिक दुष्कर्मको शिकार भएको घटनाले फेरि अलिपुरद्वार जिल्ला लज्जित बन्न पुगेको छ। प्राप्त जानकारीअनुसार अलिपुरद्वार जिल्लामा एकजना नाबालिक केटी यता अलिपुरद्वार जिल्लाको एउटा चियाबारीमा आफन्तको घरमा घुम्न आएकी थिईन।
गत लक्ष्मी पूजाको बेला आफन्तको घरमा आएकी उक्त नाबालिक केटी गाउँको मैदानमा लागेको एउटा जात्रा हेर्न आफ्नो साथीसित निस्केकी थिईन। तर मैदानभित्र साथीसित छुट्टिएर एक्लै पर्दा एकजना परिचितसित घर फर्कन्दा नशामा चुर भएका एकहुल बदमाशहरूले नाबालिकलाई दुष्कर्मको शिकार बनाएको थियो भने दुष्कर्म पश्चात कसैलाई घटनाबारे नबताउने नत्र ज्यानसम्म लिने धम्की पनि बदमाशहरूले दिएकोले पीड़ित केटीले घटना लुकाएकी थिईन।
तर एक कान दुई कान मैदान केटी दुष्कर्मको शिकार भएकी भनक गाउँभरी घाँईघुई हुनथालेपछि पीड़ित नाबालिकले आफ्नो परिवार समक्ष सत्य उजागर गरेकी थिईन। गत शनिबार मात्र पीड़ित केटीको परिवारले अलिपुरद्वार महिला थानामा यसको उजुरी गरेपछि पुलिसले जाँचको क्रममा तीनजना युवकहरूलाई पोक्सो एक्ट अन्तर्गत पक्राउ गरेको थियो भने जिल्ला अदालतमा उभ्याको थियो। यता घटना सम्बन्धमा अलिपुरद्वार एसपी वाई रघुवंशीले तीनजना अभियुक्तलाई पक्राउ गरिएको र अन्य कोही मामिलामा जड़ित छ कि छैन छानबीन चलिरहेको जनाएका छन्।