सिल्क रुट महोत्सवमा सांसद राजु बिष्ट

f5d60ba6-8ee1-4ac7-a2bc-5968bfe3a6bd

कालेबुङ – आज सिल्क रुट महोत्सवमा उपस्थित हुने सम्मान मलाई प्राप्त भयो । यस महोत्सवले हाम्रो सुन्दर दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रको पर्यटन उद्योगबारे धेरै आवश्यक रहेको ध्यानाकर्षण गराउनमा मद्दत मिल्नेछ साथै यसले कालेबुङ जिल्लाको अथाह सम्भाव्यता अनि ऐतिहासिक महत्त्वप्रति केन्द्रीय सरकारको ध्यानाकर्षण पनि गर्नेछ भन्दै दार्जीलिङ सांसद राजु बिष्टले एउटा विज्ञप्ती जारी गर्दै जानकारी गराएका छन्। तिनले भने, कालेबुङ तिब्बतबाट भारतको लागि ऐतिहासिक सिल्क मार्गमा पर्ने एक अति महत्त्वपूर्ण व्यापारिक मार्गहरू मध्ये एक थियो। यो मार्ग कालेबुङबाट शुरु भएर पेदोंग, रेसी, आरिटार, जुलुक, जलेप्ला हुँदै तिब्बतमा छुम्बी भ्याली तिर जान्थ्यो। जलेप्लाको प्रयोग भारतीय, नेपाली, सिक्किमे, भोटाने अनि तिब्बती व्यापारीहरूले वर्षौंदेखि ऊन, कस्तुरी, याकको पुच्छर, छाला, मसला, पीठो, फल, रेशम अनि सुती कपड़ाको परिवहन निम्ति गर्ने गर्दथे। अनि मार्फत हाम्रा देशहरु बीच विचारहरू, कला अनि विज्ञानको आदान-प्रदान हुने गर्दथ्यो।

  कालेबुङले सबै ठाउँबाट मानिसहरूलाई आकर्षित गऱ्यो, र यसरी यस नगरलाई विभिन्न संस्कृति, समुदाय, जाति, धर्म, अनि भाषिक सम्मिलनको केन्द्र बन्यो। यस महोत्सवको Tag Line – “कालेबुङ सात नयाँ वर्षहरूको शहर” ले हाम्रो क्षेत्रमा बसोबास गर्ने जनताका विविध संस्कृति, जातियता अनि भाषाहरूको प्रमाण प्रस्तुत गर्दछ।

कालेबुङ एक ऐतिहासिक शहर हो जहाँ तिब्बत, भुटान, नेपाल, सिक्किम अनि अन्य स्थानका शाही परिवारका सदस्यहरू आएर विद्यार्जन गरे। कालेबुङ व्यापार अनि पर्यटनको केन्द्र मात्रै नभएर, यो शिक्षाको केन्द्र पनि रहेको थियो। कालेबुङमा सर्वोत्कृष्ट स्कूलहरू छन्, कृषि र बागवानी यहाँ भरपूर मात्रामा हुन्छ। तर, यस्तो समृद्ध विरासत हुनाको बावजूद, आज कालेबुङ पीड़ित छ। यो सुन्दर क्षेत्रमा जनसंख्यामा अतिशय वृद्धि भएको छ, हाम्रा सड़कहरू सांघुरिएका छन्, हामीसँग पर्याप्त पिउने पानीको अभाव छ, हामीसित वाहन पार्किङ्गको समस्या छ। हाम्रो स्कूल, कलेज, अस्पताल, केहि ठिक व्यवस्थामा छैन्। यहाँ रोजगारको अवसरहरू घट्दै गएका छन, र हाम्रो युवाहरूले जीवन धन्नको निम्ति टाड़ोको शहर तिर पलायन गर्न बाध्य छन्।

हामीले यी समस्याहरूको समाधान गर्नु छ। तर यदि हामी साना-साना राजनीतिक मुद्दाहरूलाई लिएर अल्झि रहने हो भने यसको समाधान हुन सक्दैन। सत्तामा जोसुकै राजनीतिक पार्टी भएता पनि यस ठाउँका लागि यथोचित परिकल्पना राखिँदैन भने हाम्रो क्षेत्रले विकास गर्न सक्दैन। तसर्थ, हाम्रो क्षेत्रप्रति चिन्ता गर्ने सबैलाई चाहे राजनेता होस्, सामाजिक कार्यकर्ता, बुद्धिजीवी, युवा, बुढापाका सबैलाई म अनुरोध गर्दछु – व्यक्तिगत हितहरू अनि ससाना मतभेदहरूलाई एकातिर पन्छाएर एकबद्ध हुनुहोस् अनि कालेबुङ्को विस्मृत गौरवलाई फेरि फर्काएर ल्याउनुहोस्। मिलेर हामीले हाम्रो समग्र क्षेत्रमा सकारात्मक कायाकल्प ल्याउन सकौँ।

म मणि ट्रस्टलाई अनि सबै स्टेकहोल्डरहरूलाई यस्तो महत्त्वपूर्ण महोत्सवको शुरुआत गरेको मा धन्यवाद दिँदछु र म तपाईंहरूलाई आश्वस्त गर्दछु कि हाम्रो दार्जीलिङ, कालेबुङ, सिलगढ़ी, तराई अनि डुवर्स क्षेत्रको उत्कृष्ट भविष्य सुनिश्चित गर्नका लागि मैले कुनै कसर बाँकी राख्ने छुइन।

About Author

Advertisement