संगीतकार रामसिंह बीके पत्नी शोकमा

IMG_20221107_191643.jpg

अजय एडवार्डले दिए श्रध्दाञ्जली

दार्जीलिङ: हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डले नीमा सिंहलाई श्रध्दाञ्जली चढ़ाएका छन्। पहाडको लोकप्रिय संगीतकार रामसिंह बीकेकी धर्म पत्नी नीमा सिंहको आइताबार निधन भएको थियो। विगत धेरै दिनदेखि नीमा सिंह मृगौलाको विमारले पिडित थिए। संगीतकार रामसिंह बीके पत्नी शोकमा परेको खबर पाउने बित्तिकै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड दार्जिलिङको सिंहमारी भोटे गोठ गाउँ पुगेका थिए अनि मृतक नीमा सिंहको पार्थिव शरीरमा खदा चढाउँदै श्रद्धञ्जली चढ़ाएका थिए। यसै क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले संगीतकार रामसिंह बीके अनि उनकी छोरीसंटँग पनि भेट गरी शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement