राष्ट्रिय फ्लोरेन्स नाइटिङ्गल अवार्ड २०२१ ले सिक्किमका नर्सहरु सम्मानित

photocollage_2022117192343475.jpg

नयाँ दिल्ली: राष्ट्रिय फ्लोरेन्स नाइटिङ्गल अवार्ड २०२१ले सिक्किमका दुइजना नर्स क्रमैले टीका देवी पाण्डे र टाँशी ल्हमु शेर्पालाई आज नयाँ दिल्लीमा सम्मानित गरियो। नयाँ दिल्लीको राष्ट्रपति भवनमा आयोजित एउटा कार्यक्रमबीच राष्ट्रपति द्रौपदी मुर्मूको बाहुलीबाट सिक्किमका नर्सहरू टीका देवी पाण्डे र टाँशी ल्हमु शेर्पालाई उक्त अवार्ड प्रदान गरियो। राष्ट्रपतिले आज देशभरिकै विभिन्न राज्यमा कार्यरत ५१ जना नर्सहरूलाई उक्त राष्ट्रिय फ्लोरेन्स नाइटिङ्गल अवार्डले सम्मानित गरियो। सम्मानित सिक्किमका नर्सहरूमध्ये टीका देवी पाण्डे हाल सिक्किम रानीपुल शहरी प्राथमिक स्वास्थ्य केन्द्रमा सेवारत् छन् भने टाशी ल्हमु शेर्पा सिक्किमको सोरेङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन्। राष्ट्रिय पुरस्कारले सम्मानित हुने नर्स टीका देवी पाण्डे सीनियर एएनएम नर्स हुन् भने तिनी गत ३३ वर्षदेखि लगातार यस पेशामा सेवारत् छन्। यसैगरी, टाशी ल्हमू शेर्पा एएनएस (एसिस्टेट नर्सिङ सुप्रिण्टेण्डेण्ट) हुन्। तिनी विगत २२ वर्षदेखि यस पेशामा सेवारत छन्। स्मरण रहोस, राष्ट्रिय फ्लोरेन्स नाइटिङगल अवार्ड नर्सहरूको विविध वर्गलाई भारतीय नर्सिङ परिषदद्वारा प्रतिवर्ष प्रदान गर्ने गरिन्छ। देशभरिका नर्सहरूको सेवालाई ध्यानमा राखेर प्रत्येक वर्गका सीमित नर्सहरूलाई उक्त खुबै प्रतिष्ठित अवार्ड दिइने गरिन्छ।

About Author

Advertisement