तकभर युनाइटेड एफसी क्वार्टर फाइनलमा

IMG_20221107_163634.jpg

७ नोभेम्बरः माझीधुरा परमेण्ट युनाइटेड फूटबल क्लब (सुकिया पोखरी, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन फूटबल टुर्नामेण्टमा तकभर युनाइटेड एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। माझीधुरा खेल मैदानमा सोमवार खेलिएको म्याचमा तकभर युनाइटेड एफसी-ले पुबोंग फाटक बोइजलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट चेतन तामाङले ह्याट्रिक गरे। यसबाहेक रुपसांग तामाङले १ गोल गरे। यस टुर्नामेण्टमा जम्मा २४ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २४ र २५ नोभेम्बरमा हुनेछ।

यसरी नै फाइनल २७ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा पुग्ने दुईवटा टीमलाई १०-१० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement