सिलगढी पोलिटेक्निक कलेजमा पहिलो सत्र परिक्षामा लगभग २५० जना फेल भएपछि विद्यार्थीहरूद्वारा प्रदर्शन

IMG_20221107_162913.jpg

सिलगढी: सिलगढी पोलिटेक्निक कलेजमा पहिलो सत्र (फर्स्ट सेमेस्टर)मा लगभग २५० जना विद्यार्थीहरू फेल भएको छ।यसैकारण आज यसलाई लिएर सिलगढी पोलिटेक्निक कलेजमा तनाउको माहौल देखापर्यो। विद्यार्थीहरूले कलेजको मेन गेट बन्द गरेर विरोध प्रदर्शन गरे। उक्त कलेजका प्रोफेसरले कलेजमा प्रवेश गर्दा आन्दोलनको सामना गर्नपर्यो। प्रदर्शनकारी विद्यार्थीहरूको आरोप अनुसार लगभग २५० जना विद्यार्थी प्रयाक्टिकलमा फेल भएका छन्। तिनीहरूको दोस्रो सेमेस्टरको परीक्षा आगामी ९ नोभेम्बरमा रहे तापनि यसभन्दा अगावै तिनीहरूको माग पुरा नभए दोस्रो सेमेस्टरको परीक्षा दिन पाउने छैनन्। यसपछि कलेजका प्रिन्सिपलले आश्वासन दिएपछि विद्यार्थीहरूले विरोध प्रदर्शन हटाए। यस सम्बन्धमा कलेजका प्रिन्सिपल सुभाषिस मुखर्जीले भने, काउन्सिल तक्निकी खराबीको कारण धेरै संख्यामा विद्यार्थीहरूको परीक्षा परिणाम अनुत्तीर्ण आएको हो। यसबारे उच्च अधिकारीहरूलाई अवगत गराएकोले चाँडै समस्याको समाधान हुनेछ।

About Author

Advertisement