गान्तोक: दुई दिनको भ्रमणमा सिक्किम आएर विभिन्न परियोजनाको उद्घाटन साथै कतिपय परियोजनाको शिलान्या गरेकोमा भारतीय जनता पार्टी सिक्किम प्रदेशले राष्ट्रपति श्रीमती द्रोपदी मुर्मूलाई राज्यवासीको पक्षमा धन्यवाद दिएका छन्। आज यहाँ पत्रकारहरूसित कुराकानी गर्दै राष्ट्रपति पदको चुनाउ प्रचारको क्रममा दिएको सिक्किम भ्रमणको वाचालाई पूरा गर्दै राष्ट्रपति सिक्किम आएकोमा भाजपा सिक्किम प्रदेशका प्रवक्ता डा. राजु गिरीले आभार व्यक्त गरे।
उल्लेखनीय छ, राष्ट्रपति श्रीमती द्रोपदी मुर्मूले आफ्नो सिक्किम प्रवाशको क्रममा गान्तोकबाट भर्चूएल रुपमा रम्फूमा निर्मित सिक्किमलाई छिमेकी राज्य पश्चिम बङ्गालसित जोड़ने राज्यकै सबैभन्दा लामो पुल अटल शेतु, चिसोपानीको टु लेन ट्राफिक टनल र ३.२४ करोड़ रुपियाँ लागतमा राभङलामा निर्मित भीसी गञ्जु लामा महिला छात्रावासको विधिवत उद्घाटन गरिन्। यसरी नै खाम्दोङमा प्रस्तावित एनआईटी क्याम्पस, सिक्किमको पूर्व अनि पश्चिम क्षेत्रलाई जोड़्ने सड़कको बढ़ोत्तरी अनि सुधार परियोजना, सिङ्ताममा निर्माण हुने ३०० पलङयुक्त जिल्ला अस्पताल र नाम्चिमा प्रस्तावित विश्व आध्यात्मिक ब्रह्मकुमारी केन्द्रको शिल्यानास पनि गरिन्।
राष्ट्रपतिद्वारा उद्घाटन गरिएका परियोजनाहरू बारे बोल्दै सिक्किममा केन्द्रमा सत्तामा रहेको भारतीय जनता पार्टी मार्फत विभिन्न पूर्वाधारको विकास भइरहेको प्रवक्ता डा. गिरीले दावी गरेका छन्। एउटा प्रश्नको जवाफमा राष्ट्रपति श्रीमती द्रोपदी मुर्मू सिक्किमको समय भाजपा सिक्किम प्रदेशको एउटा प्रतिनिधि टोलीले ६ सुत्रीय मागको एउटा ज्ञापनपत्र बुझाएको जसमा लिम्बू र तामाङलाई राज्य विधानसभामा जनजाति आसन आरक्षण, छुटेकी १२ जात गोष्ठीलाई जनजातिको मान्यता र १७औं कर्मा उगेन थिन्ले दोर्जीको सिक्किम आगमन प्रमुख रहेको उनले बताए।