नाम्चीका पोलिङ र प्रिसाइडिङ अधिकारीहरूलाई दिइयो अन्ति प्रशिक्षण

IMG-20221106-WA0319.jpg

गान्तोक: नाम्ची जिल्लाका पोलिङ र प्रिसाइडिङ अधिकारीहरूलाई लिएर अन्तिम चरणको प्रशिक्षण कार्यक्रम आयोजना गरियो। नाम्ची सरकारी महाविद्यालयको प्रेक्षागृहमा आयोजित कार्यक्रममा जिल्लापाल एवम रिटर्निङ अधिकारी एम भरानी कुमार, महकुमा अधिकारी चिरण रिजान लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यस अवसरमा २१० जना पोलिङ र प्रिसाइडिङ अधिकारीहरूले सहभागिता जनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल एम भरानी कुमारले चुनाउ लोकतान्त्रिक शासनको आधारभूत योगदान हो, जसले मतदान विधिबाट सही उम्मेदवार छनोट गर्न सहज हुने बताए। सोही कुरालाई ध्यानमा राख्दै चुनाउ सम्पन्न गर्न खटिएका पदाधिकारीले इमान्दारिताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्दै निर्वाचन प्रक्रियालाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्ने सुझाउ दिए। यसका साथै उनले नाम्ची जिल्लामा ३ सय १६ मतदान केन्द्र स्थापना गरिसकेको र चुनाउ प्रक्रिया अगाडी बढाएको बताए। चुनाउ प्रक्रियालाई सुचारु ढंगले सञ्चालन गर्न कन्ट्रोल रुम स्थापना गरिने उनले थप जानकारी गराए।

About Author

Advertisement