एसडीएफ पार्टीका २३ जनाले एसकेएम पार्टीको झण्डा समाते

IMG-20221106-WA0320.jpg

गान्तोक: मानेबुङ देन्ताम समष्टिमा एसडीएफ पार्टीका जिल्ला उप-संयोजक मन प्रसाद लिम्बु सहित कूल २३ जना सक्रिय कार्यकर्ताहरु एसकेएम पार्टीमा सामेल भएका छन्।

एसकेएम पार्टीको उपाध्यक्ष एवं पुर्व क्षेत्र प्रभारी पुर्णहाङ सुब्बाको नेतृत्वमा आज देन्ताम स्थित पुर्व विधायक दिपक कुमार गुरुङको निवासमा उक्त पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो। मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव मधुसुधन शर्मा लगायत पार्टीका अन्य कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो।

आज एसडीएफ पार्टीलाई त्यागेर सत्तारूढ पार्टीमा सामेल हुने युवाहरूले मुख्यमन्त्री श्री प्रेमसिङ तामाङको असल सोंच, कुशल नेतृत्व र सिक्किमे जनताप्रतिको मायालाई देखेर स्वेच्छाले एसकेएम पार्टीमा प्रवेश गरेको बताएका छन। यसरी पार्टीको नेतृत्व साथै निति सिद्धान्तलाई मन पराएर सामेल भएकोमा सबै युवाहरुलाई उपाध्यक्ष पुर्णहाङ सुब्बा सहित सम्पूर्ण नेतृत्वपंक्तिले खादा लगाएर पार्टीमा स्वागत जनाए।

About Author

Advertisement