खरसाङमा सेभ ड्राइभ सेव लाइफ विषयमा सचेतना रैली

IMG-20221106-WA0274.jpg

खरसाङ: खरसाङमा आज दार्जिलिङ पुलिस र खरसाङ ट्राफिक पुलिसद्वारा सेफ ड्राइभ सेव लाइभ अन्तर्गत सचेतना रैलीको आयोजना गरिएको छ। ट्राफिक विषयमा उक्त सचेतना रैली खरसाङको मोटर स्ट्याण्डबाट शुरु भएर हिलकार्ट रोड हुँदै वर्ध्दमान रोड भएर पुन: मोटर स्ट्याण्डमा आएर समापन भएको छ। रैलीमा विभिन्न स्कूलका विद्यार्थीहरू, चालकहरू, खरसाङ पुलिस थानाको आईसी निबेन्दु सरकार, ट्राफिक पुलिस ओसी दोर्जे शेर्पा लगायत अन्यहरू उपस्थित रहेका थिए। रैलीमा विद्यार्थीहरूले मानिसहरूलाई ट्राफिक विषयमा जागरुकता गराउँदै सेफ ड्राइभ सेव लाइफ विषयमा लेखिएको विभिन्न प्लाकार्डहरू लिएर सहभागी बनेका थिए।

रैली विषयमा ट्राफिक ओसी दोर्जे शेर्पाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै पश्चिम बंगाल राज्य सरकारले सन् २०१६ देखि यस्तो सेफ ड्राईभ सेव लाइभ विषयमा जागरूकता फैलाउँदै कार्यक्रम शुरु गरिएको बताएका छन्। उनले विशेष गरी यो कार्यक्रम चालकहरूका लागि आयोजना गर्ने गरिन्छ र यस्ता कार्यक्रममा विद्यार्थीहरूलाई सामेल गरिएको कारण विद्यार्थीहरू देशको भविष्यको कर्णधारहरू हुन् र उनीहरूलाई जागरुक गराउन आवश्यक रहेको बताएका छन्। उनले सबै चालकहरूलाई सचेत गराउँदै बाइक र स्कुटी चलाउँदा आफ्नो सुरक्षाको लागि हेलमेट लगाउने र मोटर चलाउनेहरूले सिट बेल्ट लगाउने आह्वान् गर्दै सबैले ट्राफिक नियमको पालन गर्ने पनि आह्वान् गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement