जीटीए चिफ् अनित थापाद्वारा पोख्रियाबुङ समष्टिमा जल जीवन प्रकल्प अन्तर्गत ४९ लाखको पाँचवटा योजनाको शिलान्यास

IMG_20221106_193437.jpg

दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले पोख्रियाबुङ समष्टिमा जल जीवन प्रकल्प अन्तर्गत पाँचवटा योजनाको शिलान्यास गरेका छन्। जल जीवन प्रकल्पले क्षेत्रका हरेक घरलाई पाइप जडान गरेर पिउने पानी उपलब्ध गराउँछ। आज शिलान्यास गरिएको योजनाहरूमा सूलबुङ चिया बगानमा ८ करोड ५३ लाखको परियोजना, पोख्रियाबुङ खासमलमा ८ करोड ९७ लाखको परियोजना, चामुङ चिया बगानमा १२ करोड ३ लाखको परियोजना, सामरिकपानी चिया बगानमा ११ करोड ५८ लाखको परियोजना अनि टर्जुम चिया कमानमा ७ करोड ४८ लाखको परियोजना रहेको छ।

About Author

Advertisement