प्रमोस्कर र भूपेन्द्रले मतदाताहरूसंग ठूलो अन्याय गरेको छ: श्याम गौतम

IMG-20221106-WA0269.jpg

दार्जीलिङ: प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीले मतदाताहरूसंग ठूलो अन्याय गरेको हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता श्याम गौतमले बताएका छन्। जीटीए सभाको चुनावमा हाम्रो पार्टीले जीटीए सभाको ४५ वटा आसनहरूमा नै पार्टीका उम्मेद्वारहरू खडा गरेका थिए। जसमा हाम्रो पार्टीले आठवटा आसनहरूमा जीत हाँसिल गरेर जीटीए सभामा दह्रिलो विपक्षीको रूपमा खडा भएका छन्। हाम्रो पार्टीको ब्यानरमा घुम जोरबंगला समष्टिबाट निर्वाचित प्रमोस्कर ब्लोन अनि पुल बजार बिजनबारी समष्टिबाट निर्वाचित भूपेन्द्र छेत्रीले पहाडमा जनताको राज ल्याउन खडा भएका मतदाताहरूले आफ्नो मत दिएर सभासद निर्वाचित गरेका थिए।जीटीए सभामा हाम्रो पार्टीले आफ्नो बोर्ड गठन गर्न नसकेता पनि जीटीए सभाको सभामा जनताको आवाजहरू उठाउँदै आईरहेको हुनाले हाम्रो पार्टीमाथि मतदाताहरूको आशा र भरोसा बढ्दै आईरहेको छ। तर प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीले मतदाताहरूमाथि ठूलो अन्याय गरेको प्रवक्ता श्याम गौतमले बताए। उनले अझ भने, ‘घूम जोरबंगाल समष्टिको मतदाताहरूले प्रमोस्कर ब्लोनको अनुहार हेरेर मत दिएको कदापी होइन, त्यसरी नै पूल बजार बिजनबारी समष्टिको मतदाताहरूले भूपेन्द्र छेत्रीको अनुहार हेरेर मतदान गरेको कदापी थिएन। हाम्रो पार्टीको पहाडमा जनताको राज ल्याउने संकल्प,पार्टी अध्यक्ष अजय एडवार्डको स्वच्छ सोच र विचारलाई हेरेर मतदान गरेका थिए तर उनीहरूले हाम्रो पार्टीको संकल्प साथै मतदाताहरूको सपनालाई लथालिङ्गै र भताबुङ्ग बनाएको छ। प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीको ऋतु अनुरूप स्थान परिवर्तन गर्ने उनीहरूको जुन सोच रहेको छ त्यसमा सुधार ल्याउने प्रबक्ता गौतमले सुझाव दिए। प्रमोस्कर ब्लोनले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डलाई पहाडको मसिया बताउने गर्थे तर पद र केही रूपियाँको प्रलोभनमा उनले हिजको दिनमा आफुले बोलेको कुराहरू सबै भूली पठाएको छ। प्रमोस्कर ब्लोन राजनैतिक क्षेत्रमा धेरै अघिदेखि नै रहेको भएता पनि उनलाई सभासद जस्तो गरिमय पदमा लाने हाम्रो पार्टी र पार्टी अध्यक्ष अजय एडवार्ड नै हो जसले उनलाई यति ठूलो पदमा पूराए,आज उसै राजनैतिक दल र पार्टी अध्यक्षसंग विश्वासघात गर्ने ब्यक्तिले भोलीको दिनमा अरूलाई त्यस्तो विश्वासघात गर्दैन भन्ने कुनै ग्यारेन्टी छैन।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement