किशोर संघ, सिलगढ़ी सेमिफाइनलमा

photocollage_202211619741930.jpg

६ नोभेम्बरः अप्पर फागू स्पोर्ट्स एण्ड कल्चरल एसोसिएशन (यूएफएससीए)-को तत्त्वावधानमा आयोजित नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा किशोर संघ, सिलगढ़ीले सजिलै जीत हासिल गरी सेमिफाइनलमा स्थान बनायो। अप्पर फागू खेल मैदानमा आइतवार भएको दोस्रो क्वार्टर फाइनल म्याचमा किशोर संघले कालेबुङ पुलिसलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट देवजीत रोयले २ गोल गरे। किशोर संघका देवजीत रोयलाई प्लेयर अव् द म्याच चयन गरियो। सोमवार खेलिने क्वार्टर फाइनल म्याचमा कञ्चनजंघा एफसी, सिलगढ़ी र युनाइटेड एफसी दार्जीलिबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः ९ र ११ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल १४ नोभेम्बरमा हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट हिमाल राणाले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement