दीपक गजमेर स्मृति भेटरन फूटबलः पूर्वाञ्चल झापा र जोङ्ग्री भेटरन्स प्री-क्वार्टर फाइनलमा

IMG_20221105_235601.jpg

५ नोभेम्बरः घूम जोरबंग्लो भेटरन्सको तत्त्वावधानमा आयोजित दीपक गजमेर स्मृति भेटरन (४० वर्षभन्दा माथि) फूटबल टुर्नामेण्टमा पूर्वाञ्चल झापा भेटरन्स र जोङ्ग्री भेटरन्स (सिक्किम)-ले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। स्थानीय घूम बोइज हायर सेकेण्डरी स्कूल खेल मैदानमा शनिवार भएको पहिलो म्याचमा पूर्वाञ्चल झापा भेटरन्स (नेपाल)-ले युनाइटेड भेटरन्स दारामदिम (सिक्किम)-लाई पेनल्टी शूटआउटमा ४-१-ले पराजित गऱ्यो। नियमित समयमा स्कोर ३-३-को बराबरीमा रहेको थियो। नियमित समयमा पूर्वाञ्चल झापा भेटरन्सबाट तोया राम भुजेलले २ अनि भीम बहादुर बस्नेतले १ गोल गरे। यसरी नै युनाइटेड भेटरन्सबाट ललित सुब्बा, जीवन सुब्बा र माइकल लेप्चाले १-१ गोल गरे। यसरी नै दोस्रो म्याचमा जोङ्ग्री भेटरन्स (सिक्किम)-ले एसडीएल एण्ड एलआरओ दार्जीलिङलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट ताराले गोल गरे। यस भेटरन्स टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २५ दिसम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement