५ नोभेम्बरः रिषिहाट टी स्टेट, दार्जीलिङको जीवन ज्योति परिवारको तत्त्वावधानमा आयोजित ओपन गर्ल्स नक्आउट फूटबल टुर्नामेण्टमा वी एफसी र बीजीजीयू जोरबंग्लोले सेमिफाइनलमा स्थान बनायो। शनिवार खेलिएको पहिलो म्याचमा वी एफसी-ले बाघडोग्रा एफसी-लाई ५-३-ले पराजित गऱ्यो। विजेता टीमबाट सारिका राई र दिपालीले २-२ गोल गरिन्। एक गोल सृष्टि शर्माले गरिन्। बाघडोग्रा एफसी-बाट राखिले 2 अनि दीपा सिन्हाले १ गोल गरिन्। यसरी नै दोस्रो म्याचमा बीजीजीयू जोरबंग्लोले मेरिबोंग वेलफेयर सोसाइटीलाई ५-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सुजाता राई र शिवानी शर्माले २-२ गोल गरिन्। एक गोल रिंकु राईले गरिन्। यस टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर-अप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट सिद्धान्त तामाङले बताएका छन्।









