भोट बेच्नेहरूलाई जनताले कदापी माफ गर्ने छैन: अजय एडवार्डस

IMG-20221105-WA0282.jpg

दार्जीलिङ: मत बेच्नेहरूलाई जनताले कदापी माफ गर्ने छैन भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले भनेको छ।प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीको बारेमा मैले अधिबाटै भनी सकेको थिए अनि विदा पनि दिई सकेको थिए, जो आज आएर पूरा भयो भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले भने।तिनले अधि भने जाने मान्छेलाई नराम्रो भन्नु हुदैन,राम्रोसंग विदा दिनु पर्छ।जनताको सेवा गर्नु हो भने चहि हाम्रो पार्टी हो तर पैसा बनाउँनु,पद खोज्नु हो भने चहि अन्य दाजुहरूको पार्टी हो भन्ने पनि मैले अधिबाटै भनी सकेको थिए अध्यक्ष एडवाडर्सले भने।तिनले अधि भने घूम जोरबंगला समष्टि अनि पूल विजनबारी समष्टिको साधरण भन्दा साधरण जनता एंव मतदाताहरूसंग म माफी मांग्छु भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले मैले उम्मेद्वार चयन गर्नुमा भूल गरेको थिएछु।हाम्रो पार्टीको केवल ११ महिनाको मात्र भएको छ,विल्डिङको निर्माण पनि ११ महिनामा हुदैन भने,यो त राजनीति पार्टी हो।अर्को महिना हाम्रो पार्टीको स्थापना दिवस रहेको पनि अध्यक्ष एडवार्डसले बताए।हामीमाथि जति सुकैको षडयन्त्रहरू गरेता पनि हामी थाक्दै थाक्दैनौ,जनताको सेवा कार्यलाई निरन्तरता दिई बस्ने छौ अध्यक्ष एडवार्डसले भने।जनताको भोट विक्री गर्नेहरूलाई मतदाताहरूले कदापी माफ गर्ने छैन, नाता नातिनीसम्म यसको कलंकले सताउने छ भन्ने अध्यक्ष एडवार्डसले बताए।हामी अधिबाटै भनेको थियौ, जनताको भोट विक्री गर्नेहरू विरूद्व हाम्रो गणतान्त्रिक प्रकारको विरोध हुनेछ भन्ने अध्यक्ष एडवार्डसले बताए।भोली पर्सीभित्रमा नै समष्टिहरूमा हामी बैठक गरेर यस विषयहरूमाथि हामी चर्चा परिचर्चाहरू गर्ने छौ अध्यक्ष एडवार्डसले भने। प्रमोस्कर ब्लोन हाम्रो पार्टीको दोस्रो नेतृत्व हुदै होइन, हाम्रो पार्टीको फस्ट मैन म स्वयम पनि होइन त्यसरी नै सेकेण्ड मेन पनि प्रमोस्कर ब्लोन होइन,फस्ट मेन अनि सेकेण्ड पनि जनता नै हो।हाम्रो पार्टी भनेको जनताको पार्टी हो अध्यक्ष एडवार्डसले भने।अनित थापा दाजुको बोली वचन जति मिठो छ,त्यति नै भयानक अनि खतरा उनको सोच रहेको छ।प्रमोस्कर ब्लोनहरू लाई के कस्तो अफर दिएका थिए,त्यो समयमा प्रमाणको साथ बताउँने अध्यक्ष एडवार्डसले बताए।अनित थापा दाजुको मिठो बोलीदेखि सतर्क बस्ने आहवान गर्दै दिउसो चहि गणतन्त्र,स्टिमको कुुरा गरेर रातको अघ्यारोमा धर धरमा बोलाए रूपिया पैसाको खेल खेल्छ भन्ने अध्यक्ष एडवार्डसले आरोप लगाए।गणतन्त्र भनेको विपक्षी हो,विपक्षी हुनु भनेको जनता धनी हुनु हो तर यहाँ विपक्षी मास्ने काम हुदैछ,विपक्षी मास्नु भनेको जनतालाई गरीवीमा हाल्नु हो अध्यक्ष एडवार्डसले आरोप लगाए।एक जना समर्थकले पार्टी छोडदा त मन दुख्छ भने प्रमोस्कर ब्लोनलाई त हाम्रो पार्टीले सभासद निर्वाचित गरेर पठाएको ब्यक्ति हो।हैरबाददेखि मैले प्रमोस्कर ब्लोनले फोनमा सम्पर्क गर्ने प्रयास गर्दै आएका थिए,भाइ केही क्षण रूपियाॅमा आफ्नो इमान विक्री नगर्नोस भन्ने खोजेको थिए।पार्टीबाट कसैलाई निकाल्ने मेरोमा क्षमता छैन तर पार्टीबाट जान्छै जान्छ भन्ने तय भएपछि मैले उनलाई विदा दिनै पर्छ अध्यक्ष एडवार्डसले भने।प्रमोस्कर ब्लोनहरूलाई मैले अधिबाटै विदा नदिएको भए पार्टीमा ठूलो झटका लाग्ने थियो तर आज उनीहरूले पार्टी छोडेर गए तर पार्टीमा कुनै नोक्सानको आभास छैन अध्यक्ष एडवार्डसले भने। जनताको आवाज उठाउनलाई एकै जना तर इमान्दार ब्यक्ति काफी रहेको हाम्रो पार्टी अध्यक्ष एडवार्डसले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement