मंगनमा सेक्टर मेजिस्ट्रेटलाई इभीएम सञ्चालनबारे प्रशिक्षण

IMG-20221105-WA0320.jpg

गान्तोक: आगामी १० नोभेम्बरमा सम्पन्न हुने पञ्चायत चुनाउको तयारीलाई लिएर आज मंगन जिल्लाका सेक्टर मेजिस्ट्रेटहरूलाई लिएर ईभीएम सञ्चालन बारे एक कार्यक्रम आयोजना गरियो। पेन्टोकको जिल्ला भवनमा सम्पन्न भएको सभामा मंगन जिल्लाका जिल्लापाल एवम रिटर्निङ अधिकारी डा. एबी कार्की, एसिस्टेन्ट् रिटर्निङ अधिकारी लगायत अन्यहरूले पनि सहभागिता जनाएका थिए। यस अवसरमा जिल्लापाल कार्कीले सेक्टर मेजिस्ट्रेटहरूलाई इभीएम सञ्चालन गर्ने तकनिकीबारे विस्तृतरपमा अवगत गराउँदै सहभागीहरूले ध्यानपूर्वक सिकेर व्यवहारमा उतार्नु पर्ने आग्रह गरे। उनले सबै अधिकारीहरूलाई आफ्नो कर्तव्य इमान्दारपूर्वक निर्वाह गर्नु पर्ने सुझाउ दिएका छन्। सोही क्रममा नोडल अफिसर पाल्देन नर्हबु लाचुङपाले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा इभीएम सञ्चालन गर्ने विधिबारे विस्तृतरूपमा जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement