राष्ट्रपति श्रीमती द्रोपदी मुर्मूले गरिन् सिद्धेश्वर धामको भ्रमण

IMG-20221105-WA0317.jpg

गान्तोक: दुई दिवसीय सिक्किम भ्रमणमा आएकी देशकी राष्ट्रपति श्रीमती द्रोपदी मुर्मूले आज दक्षिण सिक्किमको नाम्चीस्थित धार्मिक पर्यटनस्थल सिद्धेश्वर धामको भ्रमण गरिन्। राज्यपाल गंगा प्रसादको साथमा राष्ट्रपति सिद्धेश्वर धाम पुग्दा उनलाई स्वागत जनाउन मुख्यमन्त्री पीएस गोले उपस्थित थिए। यस अवसरमा पुजारीहरूले शिव मन्दिरमा रुद्र अभिषेक पूजा गरे।
राष्ट्रपति श्रीमती मुर्मूले सिद्धेश्वर धाम परिसरमा स्वयं सगायता समूहहरूद्वारा लगाइएका स्टलहरूको पनि भ्रमण गरे। राष्ट्रपतिले स्वयं सहायता समूहका सदस्यहरूसित अन्तरक्रिया पनि गरे। यस अवसरमा सिक्किम सरकारका विभिन्न विभागका मन्त्रीगण साथै शीर्ष अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

त्यसपछि राष्ट्रपति सिक्किमबाट प्रस्थान गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement