५ नोभेम्बरः मारिया सक्कारी र आर्यना सबालेंकाले सीधा सेटमा जीत दर्ता गरी डब्ल्यूटीए फाइनल्स टेनिस टुर्नामेण्टको सेमिफाइनलमा स्थान बनाइन्। सक्कारीले राउण्ड रोबिन ग्रुप चरणको आफ्नो अन्तिम म्याचमा ओन्स जाबुरलाई ६-२, ६-३-ले पराजित गरिन्। यसरी नै सबालेंकाले जेसिका पेगुलालाई ६-३, ७-५-ले पराजित गरी सेमिफाइनलमा स्थान पक्का गरिन्। अमेरिकाकी पेगुलाले यस राउण्ड रोबिन टुर्नामेण्टमा एउटा म्याच पनि जित्न सकिनन्। यसबीच नीदरल्याण्डकी डेसिरा क्राव्जिच र अमेरिकाकी डेमी शूअर्सले चीनकी जू यिफान र यांग झाओसुआनकी जोड़ीलाई ७-६ (२), ६-३-ले पराजित गरी युगल वर्गको सेमिफाइनलमा प्रवेश गरिन्।










