टी२० वर्ल्ड कपमा निराशाजनक प्रदर्शनपछि कप्तानी छोड़े नबीले

IMG-20221105-WA0094.jpg

५ नोभेम्बरः आईसीसी टी२० वर्ल्ड कपमा निराशाजनक प्रदर्शनपछि मोहम्मद नबीले पाकिस्तान क्रिकेट टीमको कप्तानी छोड़ेका छन्। नबीले सोशल मीडियाको माध्यमले यस कुराको जानकारी दिए। नबीले ट्वीट गरेका छन्, हाम्रो टी२० वर्ल्ड कप अभियान समाप्त भयो। टुर्नामेण्टमा हाम्रा प्रशंसक र हाम्रो आशा अनुरुप नतीजा रहेन। हामी म्याचहरूमा अघि आएको परिणामसँग धेरै निराश छौं। गत एक सालदेखि हाम्रो तयारी त्यस्तो थिएन, जस्तो एकजना कप्तानले कुनै ठूलो टुर्नामेण्ट अघि चाहन्छन्। यसको साथमा नबीले टीम म्यानेजमेण्ट र चयनकर्ताहरूसँग आफ्नो मतभेदबारे पनि खुलेर आफ्नो पक्ष राखेका छन्। उनले लेखेका छन्, गत केही समयदेखि टीम म्यानेजमेण्ट, चयनकर्ताहरू र म एक सोचको साथ अघि बढ़िरहेका थिएनौं। यसले टीमको सन्तुलनमा प्रभाव पऱ्यो। यसैकारण म अफगानिस्तान क्रिकेट टीमका कप्तानको पदबाट राजीनामा दिएको घोषणा गर्दैछु। म आफ्नो देशको निम्ति खेल्न जारी राख्नेछु। म अष्ट्रेलिया आएर हामीलाई समर्थन गर्ने अनि विश्वभरि रहने सबै समर्थकहरूलाई अन्तरित हृदयबाट धन्यवाद दिन चाहन्छु। उनीहरूले जस्तै परिस्थितिमा पनि हामीलाई साथ दिए। तपाईंहरूको माया हाम्रो निम्ति धेरै महत्त्वपूर्ण छ। उल्लेखनीय छ, नबीलाई राशिद खानको स्थानमा टीमको कप्तान बनाइएको थियो। नबी पहिला २०१०-मा टीमका कप्तान बनेका थिए। नबीको दोस्रो कार्यकालमा अफगानिस्तानले जम्मा २३ वटा टी२० अन्तर्राष्ट्रिय म्याच खेल्यो। यसमा टीमले १० वटा जितेर १३ वटा गुमायो।
टी२० वर्ल्ड कपअघि एशिया कपमा अफगानिस्तानले नबीको कप्तानीमा असाधारण शुरुवात गरेको थियो। लीग चरणमा अफगानिस्तानले शीर्ष टीमहरूलाई पराजित गरी सबैलाई चकित बनाएको थियो तर अन्तमा गएर टीमले लय गुमाएको थियो। ग्रुप चरणमा सबैलाई प्रभावित गरे पनि अफगानिस्तानले सुपर ४-मा आफ्नो जम्मै म्याच हारेको थियो। अफगानिस्तानले टी२० वर्ल्ड कपको सुपर १२-मा सीधै प्रवेश पाएको थियो। अफगानिस्तानले टुर्नामेण्टमा पाँचवटा म्याच खेलेर तीनवटा हाऱ्यो। दुईवटा म्याच चाहिँ वर्षाले गर्दा रद्द भएको थियो। टुर्नामेण्टमा तीनवटा म्याच हारे पनि अफगानिस्तानले हरेक म्याचमा प्रतिद्वन्द्वी टीमलाई कड़ा चुनौती दिएको थियो।

About Author

Advertisement