हिमालय पर्वत शृङ्खला, यसको नाजुक पारिस्थिति, वनस्पति र जीवजन्तु आउँदो पुस्ताका लागि जोगाउनु पर्छ: राष्ट्रपति द्रौपदी मुर्मु

राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु l फाइल फोटो

राष्ट्रपतिद्वारा मिजोरम विधानसभाका सदस्यहरूलाई सम्बोधन

नयाँ दिल्ली: राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले शुक्रबार ४ नोभेम्बरको दिन आइजोलमा मिजोरम विधानसभाका सदस्यहरूलाई सम्बोधन गरिन्। सो अवसरमा राष्ट्रपतिले पहाडी क्षेत्रको भौगोलिक अवस्था विकासका लागि निकै चुनौतीपूर्ण रहेको बताइन्। ‘तर यसको बाबजुद मिजोरमले सबै मापदण्डहरूमा र विशेष गरी मानव विकासको क्षेत्रमा उल्लेखनीय काम गरेको छ। शिक्षा र स्वास्थ्य सुशासनका दुई महत्वपूर्ण खम्बा भएकाले नीति निर्माता र प्रशासकहरूले यी दुवै क्षेत्रमा सुविधा सुधार गर्न जोड दिएका छन्’, उनले भनिन्। राष्ट्रपति मुर्मुले यस्तो क्षेत्रको सम्भावना पहिचान गर्न कनेक्टिभिटी सबैभन्दा ठूलो कारक रहेको बताइन्। उनले ग्रामीण सडक, राजमार्ग र पुलको विकासले शिक्षा र स्वास्थ्यको लक्ष्य हासिल गर्न मात्रै नभई आर्थिक अवसर पनि सृजना हुने बताइन्।

राष्ट्रपति मुर्मूले भनिन्,  ‘यो नयाँ प्रविधिको युग हो, यसलाई प्रभावकारी ढंगले जनताको सेवा गर्न प्रयोग भइरहेको छl’ उनले आधुनिक विधि अपनाउनुका साथै आफ्नो जरामा पनि अडिग रहनुपर्ने सुझाव दिइन्। ‘मिजोरम आदिवासी बहुल राज्य हो, त्यसैले यसको विगतलाई हेर्नुपर्छ र पूर्व-आधुनिक कालमा देखेको राम्रो शासन प्रणालीलाई समसामयिक प्रणालीमा समाहित गरेर पुनर्जीवित गर्नुपर्छ’, उनले भनिन्। यस वर्षको मई महिनामा भएको मिजोरम विधानसभाको स्वर्ण जयन्तीलाई उल्लेख गर्दै राष्ट्रपतिले वर्ष बित्दै जाँदा यस सदनले स्वस्थ छलफल र पारस्परिक सम्मानको भावनाका साथ काम गरी जनताका समस्या र बहस गर्ने प्रणालीको विकास गरेको बताइन्। उनले भनिन्, ‘यसलाई समाधान गर्ने तरिका फेला पारियो। मिजोरम विधान सभाले एनई-भीए (नेशनल ई-विधानसभा एप्लीकेशन) लाई अपनाएर डिजिटल रूपमा काम गर्न अग्रणी भूमिका निर्वाह गरेकोमा राष्ट्रपतिले खुशी व्यक्त गरिन्। उनले भनिन्, ‘मिजोरमका महिलाहरू जीवनको हरेक क्षेत्रमा सशक्त छन्, चाहे त्यो खेलकुद, संस्कृति वा व्यवसाय होl’ राष्ट्रपतिले सार्वजनिक जीवन र विशेषगरी व्यवस्थापिकाको क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिइन्।

राष्ट्रपति मुर्मुले भनिन्, ‘हाम्रो राष्ट्रलाई अझ उचाइमा पुर्‍याउन मिजोरम र बाँकी उत्तर-पूर्वको विकास पनि धेरै महत्त्वपूर्ण छ। विश्व मञ्चमा भारतको स्थिति बलियो बन्दै गएको छ। हाम्रा छिमेकीहरू, विशेष गरी दक्षिण-पूर्वी एसियासँगको हाम्रो सम्बन्ध हाम्रा लागि धेरै मूल्यवान छ। एसिया-प्रशान्त क्षेत्रका हाम्रा टाढाका छिमेकीहरूसँगको सम्बन्धलाई सुदृढ गर्न हाम्रो ‘एक्ट इस्ट नीति’ मा उत्तर-पूर्वी क्षेत्रलाई ठूलो महत्त्व दिइएको छ। पहिले यो नीति आर्थिक पहलको रुपमा थियो तर अब यसमा रणनीतिक र सांस्कृतिक आयाम पनि थपिएको छl मिजोरमले पनि यस क्षेत्रमा छिमेकी देशहरूसँग भारतको संलग्नता बढाउनको प्रयासमा लाभान्वित र योगदान गरेको छl’ राष्ट्रपति मुर्मुले भनिन्, ‘विश्व मञ्चमा हाम्रो प्रभाव बढ्दै गएकाले हाम्रो दायित्व पनि बढ्दै गएको छl उदाहरणका लागि जलवायु परिवर्तनमा हाम्रो कार्यलाई लिनुहोस्। हामीले यसमा नेतृत्व लिइरहेका छौं र हामीले विश्वलाई वातावरणीय ह्रासको नराम्रो प्रभावसँग जुध्ने उत्तम उपाय के हो भनेर देखाइसकेका छौंl’ उनले अझ भनिन्, ‘नवीकरणीय उर्जा स्रोतको प्रवद्र्धनका लागि हामीले गरेका धेरै पहलहरूले विश्वभर नै हाम्रो नाम चिनाएको छ। तसर्थ, हामी नागरिक होस्, नीतिनिर्माताका रूपमा, कानुनी काम वा प्रशासनिक क्षेत्रमा काम गरेर पृथ्वीको घाउ निको पार्ने प्रयास गर्नुपर्छ। मिजोरममा भारतका सबै राज्यहरूमध्ये सबैभन्दा ठूलो वन छ र यो असाधारण र समृद्ध जैविक विविधताको आदर्श घर होl’ उनले हिमालय पर्वत शृङ्खला, यसको नाजुक पारिस्थितिकी र वनस्पति र जीवजन्तु हाम्रा अमूल्य सम्पदा रहेको बताइन्। आउँदो पुस्ताका लागि जोगाउनु पर्ने उनले बताइन्। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement