समीर गुरुङ स्मृति च्यालेञ्ज भलिबलः कालेबुङ युनाइटेड च्याम्पियन

IMG-20221104-WA0259.jpg

४ नोभेम्बरः नव उदय युथ क्लबको आयोजनमा सम्पन्न समीर गुरुङ स्मृति च्यालेञ्ज भलिबल टुर्नामेण्टमा कालेबुङ युनाइटेड च्याम्पियन भयो। शुक्रवार रम्बी ज्ञानपीठ विद्यालय खेल मैदानमा दिलीप गुरुङको अध्यक्षतामा भएको फाइनल (बेस्ट अव् फाइभ)-मा कालेबुङ युनाइटेडले दरमदीम भलिबल क्लब (सिक्किम)-लाई पराजित गरी खिताब जित्यो। फाइनलमा मुख्य अतिथिको रूपमा क्षेत्रीय सभासद रतन थापा उपस्थित थिए।

च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। कालेबुङ युनाइटेडका नवीन राईले प्लेयर अव् द म्याचको पुरस्कार जिते। यसरी नै बेस्ट टीमको पुरस्कार लाब्दा युनाइटेडले जित्यो।

About Author

Advertisement