नयाँ दिल्ली: ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेर एलन मस्क यसका नयाँ सीईओ बनेका छन्। एलन मस्क सीईओ बनेदेखि नै चर्चामा छन् र धेरै परिवर्तनहरू गरिरहेका छन्। यसैबीच, एलनको पूर्व प्रेमिका रहेकी हलिउड अभिनेत्री एम्बर हर्डले आफ्नो ट्विटर एकाउन्ट डिलिट गरेर चर्चामा आएकी छिन्। यसअघि एम्बर हर्डले जोनी डेपविरुद्ध मानहानीको मुद्दा हारे पनि चर्चामा थिइन्। एम्बर हर्डको ट्वीटर अकाउन्टको तस्वीर ट्वीटरमा सेयर गरिएको छ, जसमा लेखिएको छ, ‘यो अकाउन्ट अवस्थित छैन। स्क्रिनसटको क्याप्शन थियो, एम्बर हर्डले उनको ट्विटर डिलिट गरिन्।