पाँच सिलिन्डर बरामद, एक पक्राउ
जलपाईगुडी: प्रवर्तन निदेशालयका अधिकारीहरूले शुक्रबार घरेलु ग्यास सिलिन्डरहरूको व्यावसायिक प्रयोगको बिरूद्ध अभियान सुरु गरे। प्रवर्तन निर्देशनालयका अधिकारीले मिठाई पसलमा व्यावसायिक ग्यास सिलिण्डरको अवैध प्रयोगको आज पर्दाफास गर्दै पसलमा राखिएका अवैध ग्यास सिलिण्डर बरामद गरेका छन्। जिल्ला प्रवर्तन शाखा अधिकारी सैकत भद्रले जलपाईगुडी सहरको गोशाला मोरमा रहेको मिठाई पसलको गोदामबाट पाँचवटा ग्यास सिलिन्डर र एउटा चुलो बरामद गरिएको बताए। यस सम्बन्धमा एक जनालाई पक्राउ गरिएको छ। सहरका विभिन्न पसल र जनताको बाहुल्य क्षेत्रमा गैरकानूनी रूपमा एलपीजी सिलिण्डरको प्रयोग भइरहेको उल्लेख छ। त्यसको गुनासो आएपछि प्रवर्तन निर्देशनालयले आजदेखि अभियान चलाएको हो।